त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर।
Cross references
“कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ।
त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ। अथ्वा उहाँ त्यहाँ हुनुहुन्छ। यसलाई विश्वास नगर।
मानिसहरूले तिमीहरूलाई भन्नेछन्, हेर्, यो त्यहाँ छ! अथवा हेर, यो यहाँ छ!’ जहाँ छौ तिमीहरू त्यहीं बस, टाडा नजाऊ अनि नखोज।
येशूले भन्नुभयो, “सर्तक बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, म नै ख्रीष्ट हुँ, अनि, सही समय आएको छ! तर तिनीहरूलाई नपछयाउनु।
म मेरो पिताबाट आएको हुँ-अनि म उहाँकै निम्ति बोल्दछु। तर तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर यदि कुनै मानिस आँउछ अनि आफ्नै विषयमा बोल्छ भने, उसलाई तिमीहरू ग्रहण गर्नेछौ।