त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’
Cross references
“ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।
तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाडै आउन लागेको छ।”
यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चत्ताप गर अनि आफ्नो रहन-सहन परिवर्त्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।”
जब तिमीहरू जान्दछौ, ‘स्वर्गको राज्य आउनै लागेका छ भनी प्रचार गर।’
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सकछौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौ?
चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्टआत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए।
येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो।
तिमीहरूको विरोधमा हाम्रा पइतालामा टाँसिएको तिम्रो शहरको धूलो समेत टक्टकाएर जाँदैछौ। तर यो याद राख्नु परमेश्वरको राज्य नजिकै आएको छ।’
कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?”येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ।
येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।”
तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि उ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन।
त्यहाँ छेउछाउमा केही जमीन थियो। त्यहाँ टापूका एक प्रमुख मानिस थिए। उनको नाउँ पब्लियस थियो। छेवैमा तिनको जग्गा-जमीनहरू थियो। उनले हामीहरूलाई आफ्नो घरमा निम्त्याए, अनि तिनले हामीसित शिष्ट व्यवाहर गरे। उनको घरमा हामी तीन दिन सम्म बस्यौं।
“म चाहन्छु तिमी यहूदीहरूले जान कि परमेश्वरले गैर-यहूदीहरूका निम्ति मुक्ति पठाउनु भएको छ।
पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशु ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्न रोक्न सकेनन्।