धिक्कार छ तिमी फारसीहरूलाई किनकि तिमीहरू कसैबाट पनि याद नहूने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिडेछन्।
Cross references
यदि कसैले खुल्ला मैदानमाथि लडीरहेको मृत शरीरलाई छुन्छ वा लडाँईमा मारिएको कुनै मुर्दा छुन्छ वा मनुष्यको हड्डी चिहानलाई छुन्छ भने, उनी सात दिनसम्म अशुद्ध रहनेछ।
ती मानिसहरू सत्य बोल्दैनन्। तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्। तिनीहरूका मुख खाली चिहान जस्ता छन्। तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
ती मजदूरहरू चारै तिर खोज्दै घुम्नेछन्। यदि तिनीहरूले कुनै हड्डी देखे भने त्यसको छेउमा एउटा चिन्ह लगाइराख्नेछन् जब सम्म खाडल खन्ने मानिस आउँदैन गोगको सैन्यको बेंसीमा हड्डी जब सम्म गाडिदैन त्यतिञ्जेल सम्म चिह्र रहनेछ।
परमेश्वर र अगमवक्ताको प्रजामाथिबाट एप्रैमको रखवाली गर्ने हो। किनकि उसको सबै बाटोमा शिकारी पासो थापिएकोछ, अनि उसको परमेश्वरको भवनमा त्यसप्रति दुश्मनी छ।
“व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्।
पावलले हननियालाई भने, “परमेश्वरले पनि तिमीलाई हिर्काउनु हुनेछ। तिमी एक मैला भित्ता जस्तो छौ जुन सेतो रंगले पोतेको छ। मोशाको व्यस्था अनुसार मेरो न्याय गर्न तिमी त्यहाँ बसिरहेका छौ यद्यपि तिमी मलाई हिर्काउर्नें आदेश दिएर कानुन अमान्य गरिरहेका छौ।”