Home Bibles ☰ Books लूका 11:34 · नेपाली बाइबल
लूका 11:34 · नेपाली बाइबल

तिम्रो शरीको बत्ती तिम्रो आँखा हो यदी तिम्रो आँखाहरु ठिकछन् भने तिम्रो सारा शरीर उज्यालोले भरिन्छ। यदि तिम्रो आँखाहरू नै खराब छन् भने, तिम्रो सारा शरीर नै अँध्यारो हुनेछ।

Cross references

उत्पत्ति 19:11

त्यसपछि तिनीहरूले ती बाहिर घर घेरेर बस्ने सबै बूढा-जवानहरूलाई अन्धा बनाइ दिए। तब तिनीहरूले ढोका खोल्न असमर्थ भए।

2 राजा 6:15

एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो।एलीशाको सेवकले एलीशालाई भन्यो, “हे, मेरा मालिक, हामी के गर्न सक्छौ?”

भजनसंग्रह 81:12

यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।

भजनसंग्रह 119:18

हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस् ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।

हितोपदेश 28:22

एकजना लोभि मानिस चाँडै नै धनी हुन खोज्छ, उसले यो बुझ्न सक्दैन कि उसको लोभले उसलाई गरीबीको झन झनै नजिक तानिरहेको हुन्छ।

यशैया 6:10

मानिसहरूलाई अल्मलाऊ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफ्ना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!”

यशैया 29:10

परमप्रभुले तिमीहरूमा गहीरो निद्रा ल्याइदिनु भएको छ। परमप्रभुले तिमीहरूका आँखाहरू बन्द गरिदिनु हुनेछ। (अगमवक्ताहरू नै तिमीहरूको आँखाहरू बन्नेछ।) परमप्रभुले तिमीहरूका टाउकाहरू छोपि दिनुहुनेछ (अगमवक्ताहरू तिमीहरूका शिर हुनेछन्।

यशैया 42:19

सारा संसारमा, मेरो दास अत्यन्त अन्धा छन्। सन्देशवाहक जसलाई संसारमा मैले पठाएँ त्यो अत्यन्त बहिरो छ। जोसँग मैले करार गरे-परमप्रभुको दास उ अत्यन्त अन्धो छ।

यशैया 44:18

ती मानिसहरूले जान्दैनन् तिनीहरूले के गरिरहेकाछन्। तिनीहरूले बुझ्दैनन्। तिनीहरूका आँखा बन्द भए जस्तै छन, यसैले तिनीहरूले देख्न सक्दैनन्। तिनीहरूको हृदयले बुझ्ने कोशिश गर्दैनन्।

यर्मिया 5:21

यो सन्देश सुन ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन्, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।”‘

मत्ती 6:22

“तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ।

मर्कूस 4:12

किनकि तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्, तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन् यदि तिनीहरूले देखे र बुझे भने, तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन।’”

Interlinear

Choose Theme