Home Bibles रोमी 11:8 · नेपाली बाइबल
रोमी 11:8 · नेपाली बाइबल

जस्तो धर्मशास्त्रमा लेखिएको छः“परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।”

Cross references

व्यवस्था 29:4

तर आज पनि तिमीले बुझेनौ के भएको थियो, परमप्रभुले तिमीलाई बुझ्ने अनुमति दिनु भएको छैन के देख्यौ अनि सुन्यौ?

2 राजा 17:34

आजसम्म ती मानिसहरू त्यसरी बस्छन् जसरी तिनीहरू अतीतमा बसेका थिए। तिनीहरूले परमप्रभुको डर मान्छन् नत भक्ति नै गर्छन्। तिनीहरूले नियमको, निर्देशन, व्यवस्था अथवा आदेशहरू जुन परमप्रभुले याकूबको सन्तानहरूलाई दिएको थियो पालन गर्देनन्।

2 राजा 17:41

यस प्रकार अहिले अरू राष्ट्रहरू परमप्रभुको सम्मान गर्छन् तर तिनीहरू आफ्ना देवताका मूर्तिहरूको पनि सेवा गर्दछन्। तिनका छोरा छोरी र नाता नातिनीहरू त्यही काम गर्छन जो उनका पुर्खाहरू गर्दथे। तिनीहरू अझै पनि ती कामहरू गर्छन्।

यशैया 6:9

तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’

यशैया 29:10

परमप्रभुले तिमीहरूमा गहीरो निद्रा ल्याइदिनु भएको छ। परमप्रभुले तिमीहरूका आँखाहरू बन्द गरिदिनु हुनेछ। (अगमवक्ताहरू नै तिमीहरूको आँखाहरू बन्नेछ।) परमप्रभुले तिमीहरूका टाउकाहरू छोपि दिनुहुनेछ (अगमवक्ताहरू तिमीहरूका शिर हुनेछन्।

यर्मिया 5:21

यो सन्देश सुन ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन्, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।”‘

इजकिएल 12:2

“हे मानिसको छोरो, तिमी विद्रोही मानिसहरूसँग बस्छौ। तिनीहरू सधैं मेरो विरूद्धमा गएका छन्। हेर्नको निम्ति तिनीहरूका आँखा छन्, जे जति मैले तिनीहरूको निम्ति गरें। तर तिनीहरूले त्यो देख्दैनन्। सुन्ने कान छन्, जे जति मैले तिनीहरूलाई गर्नु भनें तिनीहरूले सुनेनन्। किन? किनकि ती विद्रोहीहरू हुन्।

मत्ती 13:13

यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्।

मर्कूस 4:11

येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकछौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भनेरै सबै कुरा सिकाउँछु।

लूका 8:10

येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारणःतिनीहरू हेर्छन तर देख्दैनन्, अनि तिनीहरू सुन्दछन् तर बुझदैनन्।

प्रेरित 28:26

‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः सुन्न त सुन्छौ तिमीहरूले, तर तिमीहरू बुझ्नेछैनौ! तिमीहरू हेर्छै अनि देख्छौ तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ!

2 कोरिन्थी 3:14

तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझन सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढछन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ।

Interlinear

Choose Theme