यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ।
Cross references
तिमीहरूलाई जसले ग्रहण गर्छ मलाई पनि ग्रहण गर्दछ। अनि जसले मलाई ग्रहण गर्छ मलाई पठाउनेलाई पनि ग्रहण गर्दछ।
अनि आफ्नो चेलाहरूलाई भन्नु भयो, “यदि कसैले मेरो नाम लिएर यस बालकलाई ग्रहण गर्छ भने, त्यसले मलाई पनि ग्रहण गर्छ। अनि कसैले मलाई ग्रहण गर्छ भने उसले ती मलाई पठाउनेलाई ग्रहण गर्छ जुन मानिस तिमीहरू माझ नगन्य छ, उही सब भन्दा महान हो।”
तर जब तिमीहरू शहरमा जान्छौ, अनि मानिसहरूले त्यहाँ तिमीहरूको स्वागत नगरे, शहरको गल्लीहरूमा आऊ अनि भन,
यसर्थ म साँचो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”
यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिम्रो अधिल्तिर जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर।