Home Bibles लूका 10:7 · नेपाली बाइबल
लूका 10:7 · नेपाली बाइबल

शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नलाई पहिलो घर नछोड।

Cross references

गन्ती 18:31

त्यसबाट रहेको अंश तिमीहरू र तिमीहरूका परिवारले खानेछन्। यो तिमीहरूले भेट हुने पालमा काम गरे वापत मूल्य हो।

व्यवस्था 12:12

तिमीहरू, तिमीहरूका आफन्तहरू, बाल-बच्चाहरू, कमारा-कमारीहरू र शहरमा बासो-बास गर्ने लेवी कुलका मानिसहरूलाई त्यही स्थानमा ल्याऊ (ती लेवीहरूको निम्ति त्यो भूमिमा कुनै आफ्नो अंश हँदैन) त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसँग आनन्द मनाऊ।

व्यवस्था 12:18

तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकर्नीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने गरेर आनन्द मनाऊ।

व्यवस्था 18:8

अनि उसको परिवारले स्वाभाविक हिसाबले पाइरहेको अंशमाथि थप अंश अरू पूजाहारीहरूको बराबर उसले पनि पाउँछ।

मत्ती 10:10

झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुत्ता नलैजाऊ। हिडेनलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ।

मर्कूस 6:10

जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड।

लूका 9:4

कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस।

प्रेरित 16:15

तिनी र उनका घरमा बस्ने सबैलाई बप्तिस्मा गरियो। त्यसपछि लिडियाले आफ्नो घरमा हामीलाई निम्तो गरिन्। तिनले भनिन्, “यदि तपाईंहरूले मलाई प्रभु येशूको साँचो विश्वासी मान्नु हुन्छ भने, मेरो घरमा आउनु होस् अनि बस्नु होस्।” तिनले आफ्ना घरमा हामीलाई बस्न भनी जोड गरिन्।

प्रेरित 16:34

तब जेल अधिकारीले पावल र सिलासलाई आफ्नो घर लगे अनि केही भोजन गराए। उ र उसको कुटुम्बका सबै मानिसहरू अत्यन्तै खुशी भए किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिए।

प्रेरित 16:40

तीनीहरू जेलबाट निस्के पछि सिधै लिडियाको घरतिर लागे। तिनीहरूले त्यहाँ कतिपय दाज्यु-भाईहरूलाई देखे र तिनीहरूलाई उत्साह दिए। त्यसपछि पावल र सिलास आफ्नो बाटो लागे।

1 कोरिन्थी 9:4

खाने र पिउने हाम्रो अधिकार छ। छैन र?

गलाती 6:6

जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।

फिलिप्पी 4:17

म तिमीहरूबाट उपहार चाहन्छु भन्ने पटक्कै होइन। तर दानबाट जे पाइन्छ त्यो पुरस्कार तिमीहरूले पाऊ त्यो म चाहन्छु। तर म तिमीहरूले त्यो उपहार पाऊ भन्ने चाहन्छु जुन दानबाट आँउछ।

1 तिमोथी 5:13

यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरउटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्।

1 तिमोथी 5:17

अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्।

2 तिमोथी 2:6

किसान जसले कठिन परिश्रम गर्छ ऊ नै आफूले उमारेको अन्नको पहिलो अधिकारी हुनुपर्छ।

3 यूहन्ना 1:5

मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरुलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरुलाई पनि सहयोग गरिरहेछौ।

Interlinear

Choose Theme