Home Bibles लेवी 6:18 · नेपाली बाइबल
लेवी 6:18 · नेपाली बाइबल

परमप्रभुको अन्नबलिबाट हारूनको पुरूष सन्तानहरू मध्ये कसैले खानु सक्छ। यो नियम तिम्रो सन्तानहरूको निम्ति सँधैको लागि हो। यी भेटीहरू छोएर नै कोही पवित्र हुन्छ।”

Cross references

प्रस्थान 29:37

सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।

लेवी 3:17

यो नियम तिमीहरूका सन्तानहरू रहूञ्जेलसम्म सँधै रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”

लेवी 4:3

“यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।

लेवी 4:24

तब उसले आफ्नो हात त्यस बोकाको टाउकोमाथि राखोस् अनि होमबलि दिइने ठाउँमा त्यसलाई परमप्रभुकोअघि मारोस् यो शुद्धिकरणको बलि हो।

लेवी 4:33

उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ।

लेवी 6:10

पूजाहारीले आफ्नो पोशाक सूती कपडाको लगाओस्, सूतीको सुरूवाल पनि उसले भित्री पट्टि लगाओस् र होमबलिको भेटी वेदीमा जलाउँदा निस्केको खरानी हटाओस् र त्यसलाई वेदीको पछिल्तिर राखोस्।

लेवी 6:27

जसले यो पापबलिको मासु छुन्छ, त्यो पवित्र हुन्छ।“यदि यसको रगत लुगाहरूमा कतै छर्कियो भने त्यो पवित्र ठाउँमा धुनुपर्छ।

लेवी 6:29

“पूजाहारीहरूमा भएका प्रत्येक पुरूषले यो खान सक्छन् र यो अत्यन्त पवित्र हो।

लेवी 21:21

हारूनका सन्तानहरूमध्ये विकृति भएकोहुनाले परमप्रभुलाई आगोद्वारा बलिहरू चढाउन सक्दैन अनि उसले आफ्नो परमेश्वरलाई पुर्याउनु सक्दैन।

लेवी 22:3

हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्‌याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ।

गन्ती 18:10

तिमीहरूले ती चीजहरू महा पवित्र स्थानमा मात्र खानु पर्छ। तिम्रो परिवारको प्रत्येक पुरूषले खान सक्छन् तर तिमीले याद राख्नु पर्छ कि ती चीजहरू अत्यन्तै पवित्र हुन्।

हाग्गै 2:12

“मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?”पूजाहारीले उत्तर दियो, “अँहँ।”

जकरिया 14:20

त्यससमय प्रत्तेक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ।

1 पत्रुस 1:16

यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।”

1 पत्रुस 2:9

तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।

Interlinear

Choose Theme