“मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?”पूजाहारीले उत्तर दियो, “अँहँ।”
Cross references
सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।
जसले यो पापबलिको मासु छुन्छ, त्यो पवित्र हुन्छ।“यदि यसको रगत लुगाहरूमा कतै छर्कियो भने त्यो पवित्र ठाउँमा धुनुपर्छ।
“पूजाहारीहरूमा भएका प्रत्येक पुरूषले यो खान सक्छन् र यो अत्यन्त पवित्र हो।
“अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ।
“तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्, तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्। तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्, तपाईंको वेदीमा होमबलि चढाउनेछन्।”
मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धपूर्ण बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।
तिनीहरूले मेरो सेवा गर्दा लगाएको लुगा बाहिरी चोकमा मानिसहरूको छेउमा जानु भन्दा पहिला खोल्छन्। त्यसपछि तिनीहरूले त्यो लुगा पवित्र कोठाहरूमा राख्छन्। तब तिनीहरूले अर्को लुगा लगाउँछन्। यस्तो प्रकारले तिनीहरूले मानिसहरूलाई त्यो पवित्र लुगा छुन दिँदैनन्।
तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो?