Home Bibles प्रस्थान 29:37 · नेपाली बाइबल
प्रस्थान 29:37 · नेपाली बाइबल

सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।

Cross references

प्रस्थान 30:28

होमबलि चढाउने वेदी र त्यसमाथिको प्रत्येक चीजहरूमा यो तेल हाल। कचौरा अनि यसको आधारमा पनि यो तेल हाल।

प्रस्थान 30:29

यी सबै चीजहरू महा पवित्र हुनेछन्। यसलाई स्पर्श गर्ने कुनै पनि वस्तु पवित्र हुनपर्छ।

प्रस्थान 40:10

0होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ।

लेवी 6:11

पूजाहारीले लगाएको वस्र खोलुन् अनि अर्को लुगा लगाएर खरानीलाई पाल बाहिर पवित्र ठाउँमा लैजाउन्।

2 इतिहास 7:9

आठौं दिनमा तिनीहरूले एक पवित्र सभा राखे किनभने तिनीहरूले सातदिन सम्म भोज उत्सव मनाएका थिए। तिनीहरूले वेदीलाई सर्मपण अनि यसको समर्पणको उत्सव अझ सात दिनसम्म मनाए।

इजकिएल 43:20

“तिमीले बाछाको अलिकति रगत लिनु अनि वेदीको चारै सींङहरूमा, किनारको चारै कुनामा अनि पट्टीको चारैतिर लगाऊ। यस्तो प्रकारले तिमीले वेदीलाई पवित्र पार्छौ।

इजकिएल 43:25

तब एउटा बोका प्रति दिन सात दिन सम्म पापबलिका निम्ति तयार पार। तिमीले एउटा नयाँ बहर अनि एउटा भेडा तयार पार्नेछौ। बहर र बाछी निष्खोट हुनुपर्छ।

दानियल 9:24

“तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।

मत्ती 23:17

तिमीहरू अन्धो-मूर्खहरू हौ! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर लो?

मत्ती 23:19

तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो?

Interlinear

Choose Theme