पूजाहारीले लगाएको वस्र खोलुन् अनि अर्को लुगा लगाएर खरानीलाई पाल बाहिर पवित्र ठाउँमा लैजाउन्।
Cross references
सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।
अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउन पर्छ अनि दाउराको आगोमाथि त्यहाँ जलाउनु पर्छ।
पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।
“यो त्यो बलि हो जसलाई हारून र उसका छोराहरूले परमप्रभुको निम्ति त्यस दिन चढाउनुपर्छ जहिले हारून प्रधान पूजाहारीका रूपमा अभिषिक्त हुन्छन्। नियमित आठ बटुको मिहिन पीठो, यसको आधा विहान चढाउनु पर्छ अनि आधा साँझमा।
“अनि हारूनका छोरा जो पूजाहारीको रूपमा अभिषिक्त हुन्छन्, तिनले अन्नबलि तयार पार्नुपर्छ। यो सँधैको लागि परमप्रभुको स्थायी नियम हो। यसलाई पूर्ण रूपले जलाउनुपर्छ।
“अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ।
पूजाहारीले आदेश दिनुपर्छ, मानिसहरूले त्यस घरको भित्ताको ढुसी लागेको ठाउँको ढुङ्गहरू भत्काउन र ती ढुङ्गाहरू शहर बाहिर लगी कुनै फोहोर ठाउँमा फ्याँकून्।
“त्यसपछि हारून भेट हुने पालमा जान्छन् अनि महापवित्र स्थानमा जाँदा लगाएको स्तीको लुगाहरू फूकाल्नु पर्छ। उनले ती लुगाहरू त्यही छोड्नु पर्छ।
“पवित्र चीजहरू शुद्ध पार्न महा पवित्रस्थानमा ल्याइएका पापबलिको साँढे र बोकोलाई पाल बाहिर ल्याउनु पर्छ। पूजाहारीले तिनीहरूको छाला, शरीर र गोबर आगोमा जलाउनेछन्।
हारून र उनका छोराहरूले पवित्र स्थलमा त्यो रोटी खानेछन्। किन? किनभने त्यो रोटी धेरै पवित्र छ। यो परमप्रभुको निम्ति आगोद्वारा जलाएर चढाइने बलिहरूमा एउटा हो र यो हारूनको निम्ति स्थायी अंश हुनेछ।”
तिनीहरूले मेरो सेवा गर्दा लगाएको लुगा बाहिरी चोकमा मानिसहरूको छेउमा जानु भन्दा पहिला खोल्छन्। त्यसपछि तिनीहरूले त्यो लुगा पवित्र कोठाहरूमा राख्छन्। तब तिनीहरूले अर्को लुगा लगाउँछन्। यस्तो प्रकारले तिनीहरूले मानिसहरूलाई त्यो पवित्र लुगा छुन दिँदैनन्।
पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्।