पूजाहारीले आदेश दिनुपर्छ, मानिसहरूले त्यस घरको भित्ताको ढुसी लागेको ठाउँको ढुङ्गहरू भत्काउन र ती ढुङ्गाहरू शहर बाहिर लगी कुनै फोहोर ठाउँमा फ्याँकून्।
Cross references
पूजाहारीले लगाएको वस्र खोलुन् अनि अर्को लुगा लगाएर खरानीलाई पाल बाहिर पवित्र ठाउँमा लैजाउन्।
यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने, म त्यस मानिसलाई रोक्छु। आफूलाई घमण्ड गर्दै र अरू भन्दा म श्रेष्ठ छु भनेर सोच्नेहरूलाई म अनुमति दिनेछैन।
म मेरो घरमा झूटाहरू बस्न दिने छैन। म झूट बोल्नेहरूलाई आफू नजिक बस्न दिने छैन।
यदि कुनै मानिसले अरूलाई खिसी गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडाहरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ।
यदि चाँदीबाट अशुद्धतालाई निकालिइयो भने शिल्पी सुनारले त्यसबाट सुन्दर गहना बनाउनु सक्छन्।
चाँदी टल्काउनलाई मानिसहरूले खरानीप्रयोग गर्दछ। त्यस्तै प्रकारले म तिमीहरूका सम्पूर्ण गल्ती कार्यहरू साफ गरिदिने छु। म तिमीहरूबाट सम्पूर्ण मूल्यहीन कुराहरू निकाली दिनेछु।
यदि उसले तिनीहरूका कुरा पनि सुन्न मानेन् भने यस मण्डली समक्ष ल्याऊ। मण्डली समुदायले भनेको कुरा मानेन भने उसलाइ परमेश्वरमा विश्वास नगर्ने र महसूल उठाउने सरह व्यवहार गर।
म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ।
अनि त्यस मानिसलाई शैतानको हातमा सुम्पिदेऊ, जसमा कि त्यसको पापी शरीर नष्ट होस् र उसको आत्मा चाँहि प्रभुको दिनमा बचाउन सकियोस्।
तर जो मण्डलीका भाग हुन् तिनको जाँच तिमीहरूले गर्नै पर्छ। धर्म शास्त्रमा यस्तो भनिएको छ, “दुष्ट मानिसलाई आफ्नो समूहबाट अलग गर।।
यदि कसैले र्तक गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि र्तक गरिरहे उसलाई फेरि छाडिदेऊ।
यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर।
मलाई तिमीहरुको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ अनि थाहा छ कि तिमीहरुले दुष्ट मानिसहरुलाई सहन सक्दैनौ। तिमीहरुले तिनीहरुलाई जो आफै प्रेरितहरु हौं भन्ने दावी गर्छन्, जाँचेका छौ। तिमीहरुले तिनीहरुलाई झूटो पायौ।
तर तिमीहरुको पक्षमा केही छ, तिमीहरु निकोलाइहरूलेगरेका कुरा तिरस्कार गर्छौ। तिनीहरुले जे गर्छन् त्यो म पनि घृणा गर्छु। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ।
“तर तिमीहरुका विरुद्ध मेरा केही कुराहरु छन् तिमीहरुको समुदायमा केही मानिसहरु छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरुलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालकलाई सिकाए।
तर तिमीहरु विरुद्ध मसंग यो कुरा छ तिमीहरुले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की उ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरुलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरुलाई यौन पाप गर्न अनि मूर्तिहरु अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे।
नगर बाहिर कुकुरहरु, जादूवालाहरु यौन-पापीहरु, हत्याराहरु, मूर्त्ति पूजकहरु अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरु छन्।