Home Bibles लेवी 26:22 · नेपाली बाइबल
लेवी 26:22 · नेपाली बाइबल

म तिमीहरू विरूद्ध जंगली जनावरहरू पठाउनेछु अनि तिनीहरूलाई तिमीहरूका नानीहरू लैजानेछन्। तिनीहरूले तिमीहरूको पशुहरू मार्नेछन् अनि तिमीहरूका धेरै मानिसहरू मारिनेछन् र बाटाहरू खाली हुनेछन्।

Cross references

लेवी 26:6

म तिमीहरूको देशमा शान्ति दिनेछु र तिमीहरू शान्ति साथ बस्न पाउनेछौ। नोक्सानदायक पशुहरूलाई म तिमीहरूको देशबाट निकालिदिनेछु अनि तिमीहरूलाई धम्काउन अथवा डर देखाउन कोही मानिस आउने छैन कारण कुनै सेना तिमीहरूको देश भएर जान पाउँनेछैन।

व्यवस्था 32:24

तिनीहरू भोकले, दुर्बल हुनेछन् अनि भयङ्कर रोगहरूले तिनीहरूलाई नष्ट पार्नेछन्। तिनीहरूको विरोधमा म जङ्गली जनावर पठाउनेछु। विषालु साँपहरू र छेपाराहरूले तिनीहरूलाई टोएने छन्।

न्यायकर्ता 5:6

अनातका छोरा शमगरको समयमा, याएलको समयमा, मुख्य सडकहरू रित्ता थिए। व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे।

2 राजा 2:24

एलीशाले पछि हेरे अनि उनीलाई देखे। उनले परमप्रभुलाई तिनीहरूप्रति नराम्रो होस् भनी बिन्ती गरे। तब बनबाट दुइवटा भालू निस्किए अनि केटाहरूमाथि आक्रमण गरे। भालूद्वारा बयालीस केटाहरू च्यातिदिए।

2 राजा 17:25

जब ती मानिसहरू सामरियामा बस्न थाले। तिनीहरूले परमप्रभुको सम्मान गरेनन्। यसकारण परमप्रभुले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाउनुभयो। ती सिंहहरूले ती मानिसहरूमध्ये केहीलाई मारे।

2 इतिहास 15:5

दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो

यशैया 24:6

यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई ध्वंस गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।

यशैया 33:8

बाटोहरू ध्वंस भएका छन्। कोही पनि गल्लीहरूमा हिडेका छैनन्। मानिसहरूले जुन सन्धि गरेका थिए त्यसलाई भङ्ग गरिदिएकाछन्। मानिसहरूले गवाहीहरूले दिएको प्रमाण अस्वीकार गरेकाछन्। कसैले पनि अरूलाई आदर गर्दैनन्।

यर्मिया 15:3

म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।

विलाप 1:4

सियोन जाने बाटो एकदम उदास छ। तिनीहरू दुखी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन। सियोनका सारा प्रवेशद्वारहरू भत्काईए। सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन् सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो। अनि यी सबै कुराहरूले सियोनप्रति आघात पर्छ।

इजकिएल 5:17

मैले तिमीसँग भनेको थिएँ कि म तिमीहरू भएको ठाउँमा अनिकाल या जङ्गली जनावर पठाउँनेछु, जसले तिम्रो नानीहरू मार्नेछ। मैले तिमीसित भनेको थिएँ कि पुरै शहरमा रोग अनि मृत्यु फैलिनेछ अनि म ती सैनिक शत्रुहरू तिम्रो विरूद्धमा लड्नका निम्ति ल्याउँदैछु। म परमप्रभुले यी सबै कुराहरू घट्नेछ भनेको थिएँ अनि तिनीहरू घट्नेछन्।”

इजकिएल 14:15

परमेश्वरले भन्नुभयो, “अथवा म त्यो पुरै देशमा जंगली जनावरहरू पठाइदिन्छु अनि ती जनावरहरूले सबै मानिसहरूलाई मार्न सक्छन। जंगली जनावरहरूको कारणले त्यस देश भएर कसैले पनि यात्रा गर्नसक्तैनन्।

इजकिएल 14:21

त्यसपछि परमप्रभु मेरो मालिकले भन्नुभयो, “यसैकारण सोच यरूशलेमका निम्ति यो कति नराम्रो हुन्छ, म त्यस शहरको विरूद्ध यी चारैवटा दण्ड पठाइदिन्छु! म शत्रुका सेना, अनिकाल, महामारी, अनि जङ्गली जनावरहरू त्यस शहरको विरूद्ध पठाउँछु। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।

इजकिएल 33:28

त्यो देशले ती सबै चीजहरू गुमाउनेछ जसमाथि तिनीहरूलाई घमण्ड थियो। इस्राएलको पर्वत उजाड हुनेछ। त्यस ठाँउमा केही पनि हुनेछैन।

मीका 3:12

हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।

जकरिया 7:14

म अब तिनीहरुलाई एउटा आँधी-बेहरीले झैं तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु। जब तिनीहरू यो देश भएर जान्छन् तिनीहरुले छोडे को भूमि उजाड हुनेछ। त्यो सुन्दर भूमि ध्वंश हुनेछ।

Interlinear

Choose Theme