Home Bibles ☰ Books न्यायकर्ता 5:6 · नेपाली बाइबल
न्यायकर्ता 5:6 · नेपाली बाइबल

अनातका छोरा शमगरको समयमा, याएलको समयमा, मुख्य सडकहरू रित्ता थिए। व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे।

Cross references

लेवी 26:22

म तिमीहरू विरूद्ध जंगली जनावरहरू पठाउनेछु अनि तिनीहरूलाई तिमीहरूका नानीहरू लैजानेछन्। तिनीहरूले तिमीहरूको पशुहरू मार्नेछन् अनि तिमीहरूका धेरै मानिसहरू मारिनेछन् र बाटाहरू खाली हुनेछन्।

न्यायकर्ता 3:31

एहूदले इस्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। 600 पलिश्ती मानिसहरूलाई मार्न शमगरले गोरू खेध्ने लट्ठीको उपयोग गरे।

न्यायकर्ता 4:17

तर सीसरा भागे। तिनी त्यो पालमा आए जहाँ याएल नाउँकी स्त्री बस्थिन्। याएल हेबेर नाउँका मानिसकी पत्नी थिइन। तिनी केनी मानिसहरू मध्ये एक थिइन्। हेबेरका परिवार हसोरका राजा याबीन साथ शान्तिसित थिए। यसर्थ सीसरा याएलको पालतिर भागे।

2 इतिहास 15:5

दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो

भजनसंग्रह 125:5

दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्। परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ। त्यहाँ इस्राएल मा शान्ति छाओस्।

यशैया 33:8

बाटोहरू ध्वंस भएका छन्। कोही पनि गल्लीहरूमा हिडेका छैनन्। मानिसहरूले जुन सन्धि गरेका थिए त्यसलाई भङ्ग गरिदिएकाछन्। मानिसहरूले गवाहीहरूले दिएको प्रमाण अस्वीकार गरेकाछन्। कसैले पनि अरूलाई आदर गर्दैनन्।

विलाप 1:4

सियोन जाने बाटो एकदम उदास छ। तिनीहरू दुखी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन। सियोनका सारा प्रवेशद्वारहरू भत्काईए। सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन् सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो। अनि यी सबै कुराहरूले सियोनप्रति आघात पर्छ।

विलाप 4:18

हाम्ना शत्रुहरूले सारा समय हामीलाई घात पारीरहे। हामी गल्लीमा सम्म निस्कन सकेनौं। हाम्रो अन्त्य नजीक आई सक्यो। हाम्रो समय पूरा भैसक्यौ। हाम्रो अन्त्य आई सक्यो।

मीका 3:12

हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।

Interlinear

Choose Theme