Home Bibles हितोपदेश 1:33 · नेपाली बाइबल
हितोपदेश 1:33 · नेपाली बाइबल

तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैं सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्।ज्ञानका कुराहरू सुन

Cross references

लेवी 25:18

“मेरो विधि-विधानहरू याद राखेर पालन गरे तिमीहरू आफ्नो जमीनमा आराम साथ बस्न सक्छौ।

लेवी 25:19

अनि जमीनले प्रशस्त बाली उब्जाउनेछ र तिमीहरूसित अन्नको केही कमी नहुँदा तिमीहरू आनन्दले बाँच्नु सक्छौ।

अय्यूब 36:11

यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिएर उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ अनि तिनीहरू सुखी जीवन बाँच्नेछन्।

भजनसंग्रह 25:12

यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ, तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।

भजनसंग्रह 81:13

यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए अनि मेरो तरिका अनुसार बसेको भए।

भजनसंग्रह 112:7

उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन। त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।

हितोपदेश 3:21

हे मेरा छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझलमा नपार। विजयहरूमा नियालेर सोच अनि होशियारीसित योजनाहरू बनाऊ।

हितोपदेश 8:32

अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिंड्छन्।

हितोपदेश 9:11

किनभने तिम्रो आयु बढने, दिन समय बढनु र तिम्रो जीवनमा र्बषको र्बष बढेर जानु मबाट नै हुन्छ।

हितोपदेश 14:26

परमप्रभु प्रतिको सम्मान एउटा बलियो किल्ला हो, यो उसका छोरा-छोरीहरूको लागि सुरक्षित स्थान हुनेछ।

यशैया 26:3

परमप्रभु तपाईंले मानिसहरूलाई साँचो शान्ति दिनुभयो जो तपाईंमाथि आस्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्।

यशैया 32:17

त्यो धार्मिकता शान्ति र सुरक्षा सदाका निम्ति रहनेछ। तिनीहरू चुपचाप शुन्य र शान्तिमय ठाउँमा बस्ने छन्।

यशैया 48:18

यदि तिमीले मेरो कुरा मानेको भए तिमीहरूकहाँ पूर्ण रूपमा बगीरहेको पानी सरह शान्ति आउने थियो। असल कुराहरू घरिघरि आउने समुद्रका छालहरू सरह तिमीहरूकहाँ आउने थियो।

यशैया 55:3

मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।

मत्ती 17:5

जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”

लूका 21:9

जब तिमीहरूले लडाई र हलचलको विषयमा सुन्नेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।”

लूका 21:19

तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ।

यूहन्ना 10:27

मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।

रोमी 8:35

ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नागोंपनले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ सक्दैन।

1 पत्रुस 1:5

तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरु सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरुलाई समयको अन्तमा दिइनेछ।

Interlinear

Choose Theme