पूजाहारीसित बस्ने पाहुना अथवा ज्यालामा काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्।
Cross references
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यहाँ निस्तारका निम्ति विधिहरू छन् कुनै पनि विदेशीले निस्तार चाडको भोजन खान पाउनेछैन।
तर तिमीहरूको माझमा बस्ने कुनै पनि ज्यालाका मजदूर अथवा विदेशीहरूले निस्तारको भोजन खानु हुँदैन।
यी चीज तिनीहरू पूजाहारी हुँदा तिनीहरूको प्रायश्चितका निम्ति चढाइएका हुन् अब तिनीहरूले ती उपहारहरू खानु पर्छ। अन्य मानिसहरूले यी उपहारहरू खानु हुँदैन किनभने यी चीजहरू पवित्र हुन्।
त्यो मानिस पूजाहारीको परिवारको एकजना सदस्य भएकोले गर्दा उसले आफ्नो परमेश्वरको दुवै पवित्र अनि महापवित्र खाद्य खानु सक्छ।
दाऊदले पूजाहारीलाई जवाफ दिए, “आज भोलि हामीले कुनै स्त्री साथमा राखेका छैनौ। युद्धमा जाँदा हाम्रा मानिसहरू सधैं पवित्र भएर जान्छन् यहाँसम्म साधारण उद्देश्य सोध्न जाँदा पनि। आज त यो कुरा झन् साँचो हो कारण अति विशेष कुरा सोध्नु छ।”
त्यहाँ पवित्र रोटी बाहेक अरू कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे।”
राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।
तिमीले मेरा पवित्र चीजहरूको हेरचाह गरेनौ। अहँ, तिमीहरूले विदेशीहरूलाई मेरो पवित्र स्थानको उत्तरदायी बनायौं।”‘
दाऊद परमेश्वरको घरमा गए। दाऊद र तिनका साथीहरूले परमेश्वरलाई चढाइएको रोटी खाए। दाऊद र तिनका साथीहरूले यसरी रोटी खानु नियमको विरुद्ध थियो। केवल पूजाहारीहरूलाई मात्र त्यस्तो रोटी खाने अनुमति थियो।