Home Bibles एज्रा 2:63 · नेपाली बाइबल
एज्रा 2:63 · नेपाली बाइबल

राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महापवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।

Cross references

प्रस्थान 28:30

ऊरीम र तुम्मीम सँधै त्यो न्यायको थैलीमा राखिएको हुनुपर्छ। हारून जब परमप्रभुको सामुन्ने जान्छन उनको छातीमाथि ती राख्नुपर्छ। यसकारण हारून जब परमप्रभु अघाडी हुन्छन् इस्राएली मानिसहरूलाई न्याय गराइने साधनहरू सबै आफूसित राखिएको हुन्छ।

लेवी 2:3

बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।

लेवी 2:10

अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।

लेवी 6:17

त्यो खमीरसित पकाउनु हुँदैन। मैले मलाई दिएको भेटीहरू तिनीहरूको भागको रूपमा तिनीहरूलाई दिएको नै छु। त्यो पाप बलि अनि दोषबलि जस्तै शुद्ध छ।

लेवी 6:29

“पूजाहारीहरूमा भएका प्रत्येक पुरूषले यो खान सक्छन् र यो अत्यन्त पवित्र हो।

लेवी 7:16

“यदि उसको बलि परमप्रभुअघि विशेष भाकल पूरा गर्नु राखिएको अथवा परमप्रभुलाई भेटी चढाएको अर्थ लाग्छ। तब बलिदान त्यही दिन खानुपर्छ जहिले बलि चढाइन्छ अनि रहेको अर्को दिन खानु सकिन्छ।

लेवी 8:8

तब उनले हारूनको छातीमा ‘न्यायको छाती पाता’ लगाइदिए अनि गोजीमा “ऊरीम” र “तुम्मीम” राखिदिए।

लेवी 10:17

“तिमीहरूले किन पापबलिको मासु पवित्र स्थनमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअघि तिमीहरूलाई दिनुभएको हो।

लेवी 22:2

“हारून र त्यसका छोराहरूलाई भनः इस्राएलका मानिसहरूले मलाई जे चढाउँछन ती चीजहरू पवित्र हुन्छन्। ती मेरा हुन् यसकारण तिमी पूजाहारीहरूले यी चीजहरू नचलाउनु। यदि तिमीहरूले आफ्नो लागि ती पवित्र चीजहरू चलायौ भने तब तिमीहरूले मेरो पवित्र नामको आदर नगरेको बुझिन्छ। म परमप्रभु हुँ।

लेवी 22:10

पूजाहारीसित बस्ने पाहुना अथवा ज्यालामा काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्।

लेवी 22:13

पूजाहारीको कुनै छोरी विधवा हुनु सक्छे अथवा उसलाई आफ्नो पतिद्वारा छुट्‌याउन सक्छ अनि यदि तिनीहरूका छोरा-छोरीहरूलाई सहायता गर्ने छैन भने ऊ आफ्नो बुबाको घरमा जान सक्छे। तब उसले आफ्नो बुबाको भागबाट केही अंश पवित्र खाद्य खान सक्छे। पूजाहारीको परिवारले मात्र यो भोजन खान सक्छ।

लेवी 22:14

यदि कुनै मानिसले पवित्र थाहा नपाई खान्छ भने उसले त्यसको पाँचौ भाग थपेर पूजाहारीलाई दिनुपर्छ।

गन्ती 18:9

वेदीहरूबाट पाइने वस्तुहरूमा यो सब भन्दा पवित्र वस्तु हो। मानिसहरूले अन्नबलि, पापबलि, दोषबलिहरू ल्याउँछन्। यी बलिहरू महा पवित्र बलिहरूको र नपाकिएको भागबाट तिमीले आफ्नो अंश पाउनेछौ। ती सब तिमी र तिम्रा छोराहरूको हुनेछन्।

गन्ती 18:19

मानिसहरूले चढाएको कुनै पनि पवित्र उपहारहरू म, परमप्रभुले तिमीलाई दिनेछु। म तिम्रो छोरा-छोरीहरू र तिमीलाई दिनेछु र यो नियम सदासर्वदाको निम्ति लागू हुनेछ। यो परमप्रभुसित गरिएको करार हो र भङ्ग गर्न सकिंदैन। म यो प्रतिज्ञा तिमी र तिम्रा सन्तानहरूसित गर्छु।”

गन्ती 18:32

अनि यदि तिमीहरूले यसको असल सँधै परमप्रभुलाई चढायौ भने तिमीहरू कदापि दोषी हुने छैनौ। तिम्रो आफ्नै निम्ति इस्राएलका मानिसहरू द्वारा चढाएका ती पवित्र उपहारहरूको भाग नलैजाऊ नत्र भने तिमीहरू मर्ने छौ।”

गन्ती 27:21

यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, ‘तब तिनीहरू घर जानेछन्।”

व्यवस्था 33:8

मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः “लेवी तपाईंको साँच्चो चेला हो। उसले तुम्मीम र ऊरीम राख्छ। तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो। मरीबको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्।

1 शमूएल 28:6

शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो।

नहेम्याह 7:65

प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।

नहेम्याह 8:9

नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।

नहेम्याह 10:1

अनि मोहर लाएको कागज पत्रमा सही छापलगाउने हाम्रा अगुवाहरू, यी थिए लेवीहरू र हाम्रा पूजाहारी हकल्याहका छोरा राज्यपाल नहेम्याह सिदूकियाह,

नहेम्याह 10:2

सारयाह, अजर्याह, यिर्मयाह,

Interlinear

Choose Theme