त्यहाँ पवित्र रोटी बाहेक अरू कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे।”
Cross references
त्यसै समयमा त्यस भूमिमा कनानी परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासंग झगडा गर्न थाले।
तर जो मानिसहरूले गरार बेंसीमा भेडा चराउँथे, तिनीहरूले इसहाकका गोठालासित झगडा गरे। तिनीहरूले भने, “यो पानी हाम्रो हो।” यसर्थ इसहाकले त्यस कूवाको नाउँ एसेक राखे। उनले त्यस कूवाको नाउँ त्यसकारण राखे किनभने त्यही जग्गामा ऊसित ती मानिसहरूले झगडा गरेका थिए।
पूजाहारीसित बस्ने पाहुना अथवा ज्यालामा काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्।
पूजाहारीको कुनै छोरी विधवा हुनु सक्छे अथवा उसलाई आफ्नो पतिद्वारा छुट्याउन सक्छ अनि यदि तिनीहरूका छोरा-छोरीहरूलाई सहायता गर्ने छैन भने ऊ आफ्नो बुबाको घरमा जान सक्छे। तब उसले आफ्नो बुबाको भागबाट केही अंश पवित्र खाद्य खान सक्छे। पूजाहारीको परिवारले मात्र यो भोजन खान सक्छ।
“मसिनो पीठोको बाह्रवटा रोटी प्रत्येक रोटीमा सोलह बटुको पीठो प्रयोग गरेर पकाऊ।
प्रत्येक विश्रामको दिन हारूनले परमप्रभुअघि यसरी रोटी राखुन्। इस्राएलका मानिसहरूको निम्ति यो करार सधैंको निम्ति रहनेछ।
शाऊल आफ्ना खेतबाट गाईहरू लिएर फर्कंदै थिए। शाऊलले खेतको अघि आउँदा मानिसहरू रोइरहेका सुने। शाऊलले भने, “मानिसहरूले के कष्ट भयो? किन रोइरहेकाछन्।”मानिसहरूले याबेशका दूतहरूले जे खबर ल्याएका थिए शाऊललाई बताए।
शऊलले इस्राएलमा पूरा अधिकार जमाए। शाऊल इस्राएल वरिपरिका शत्रुहरूसित लडे। शाऊल मोआबी, अम्मोनी, एदोमी, सीबाका राजा र पलिश्तीहरूसंग लडे। जहाँ-जहाँ गएर लडे शाऊलले इस्राएलका शत्रुहरूलाई हराए।
एदोमी दोएग शाऊलका अधिकारीहरूसँगै उभिरहेको थियो। दोएगले भन्यो, “मैले यिशैका छोरा दाऊदलाई नोब भन्ने ठाउँमा देखें। दाऊद अहीतूबका छोरा अहीमेलेकलाई भेट्न आएका थिए।
अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।”
शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मा मा थिए। अदूलेका छोरा शापातबेंसीमा गाई वस्तुहरूका जिम्मा मा थिए।
उज्जियाहले मरूभूमिमा किल्लाहरू निर्माण गरे। तिनले अनेक कुवाहरू पनि खनाए। तिनीसित पहाडी देश अनि समतल भूमिमा प्रशस्त गाई-बस्तुहरू थिए। उज्जियाहका पर्वतहरू अनि असल उब्जनी हुने भूमिका कृषक थिए। तिनीसित ती व्यक्तिहरू पनि थिए जसले दाख उम्रने खेतहरूको हेरचाह गर्थे। तिनीले खेती-पाती मन पराउँथे।
हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं? तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।
के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ?
यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।