“यदि एक जना मानिस जो अशुद्ध भएकहाँ अनि ऊ आफैं शुद्ध हुँदैन भने त्यस व्यक्तिलाई आफ्नो समुदायबाट बहिष्कार गरियोस् किनभने त्यसले परमप्रभुको पवित्र स्थान अशुद्ध पार्यो। शुद्धीकरणको पानी ऊ माथि छर्किएन यसकारण त्यो व्यक्ति अशुद्ध रह्यो।
Cross references
जुन मानिसको खतना गरिंदैन, त्यसलाई बहिस्कृत गरिनु पर्छ किनभने यो मेरो करार हो जसलाई उनले उल्लंघन गरेको छ।”
यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।”
“यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”
यदि त्यस मानिसले आफ्नो लुगाहरू धुँदैन अनि शरीर सम्पूर्ण नुहाउदैन भने ऊ पापको दोषी बनिनेछ।”
“यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु स्त्राव रोग छ भने ऊ शुद्ध नहोउञ्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ।
तर यदि कुनै मानिस शुद्ध छ अनि टाडा पनि गएको छैन अनि अझ उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ।
“तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ।
यदि कुनै व्यक्तिले मुर्दा छुन्छ र आफैलाई फेरि शुद्ध पार्दैन, त्यसले परमप्रभुको पवित्र पाललाई अशुद्ध पार्छ। यसकारण व्यक्ति इस्राएलबाट काटिदिनेछ। जस्तो पवित्र पानी तिनीहरू माथि छर्केको थिएन यसकारण उसको शरीर अशुद्ध रहन्छ।
जसले विश्वास गर्छ अनि बप्तिस्मा लिन्छ त्यो बाँच्ने छ। तर जसले विश्वास गर्दैन भने दोषी हुनेछ।
अनि हरेक मानिस जसले उहाँमा विश्वास गर्छ ती सबै कुराहरूबाट मुक्त गरिन्छ जसको निम्ति मोशाको व्यवस्थाले तिमीलाई मुक्त गर्न सकेन।
के तिमी परमेश्वरका दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?
प्रिय मित्रहरु, हामी यस्तो घटना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरु प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर।
त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।”