Home Bibles लेवी 15:13 · नेपाली बाइबल
लेवी 15:13 · नेपाली बाइबल

“जब त्यो रोगी निको हुन्छ, उसले आफ्नो शुद्धिको निम्ति सात दिन पर्खियोस्, आफ्नो लुगा धोओस् अनि ताजा पानीले नुहाओस् अनि त्यो शुद्ध हुनेछ।

Cross references

प्रस्थान 29:35

“तिमीहरूले यी सबै चीजहरू हारून र उसका छोराहरूको निम्ति मैले तिमीहरूलाई आदेश गरे जस्तै गर्नु पर्छ। तिनीहरूका पूजाहारी नियुक्ती को उत्सव लगातार सात दिनसम्म चल्नु पर्छ।

प्रस्थान 29:37

सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।

लेवी 8:33

तिमीहरू पूजाहारी अभिषेक भएको दिनदेखि सात दिनसम्म बाहिर कतै नजानु, अभिषेकको समय सात दिन हो तिमीहरूले सात दिन पूरा नहोउञ्जेल भेट हुने पाल छोड्नु हुँदैन।

लेवी 9:1

आठौं दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका बूढा प्रधानहरूलाई बोलाए।

लेवी 14:8

“तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन।

लेवी 14:10

“आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेडाको दुइवटा निष्खोट पाठो अनि एक वर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्।

लेवी 15:5

यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।

लेवी 15:10

कुनै पनि चीज यदि त्यो रोगी तल रहन्छ अनि उसले छुन्छ भने त्यो अशुद्ध बनिन्छ। जो मानिसले त्यो चीज बोके उसले नुहाएर आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो मानिस अशुद्ध रहनेछ।

लेवी 15:28

त्यस स्त्रीले उसको रजस्वला रोकिएपछि सात दिनसम्म पर्खनुपर्छ। त्यसपछि त्यो स्त्री शुद्ध हुन्छे।

गन्ती 12:14

परमप्रभुले मोशालाई उत्तर दिनुभयो, “यदि तिनको बाबुले तिनको मुखमा थुकिदिए भने, तिनी सात दिन सम्म लज्जित हुनुपर्छ। यसकारण तिनलाई सात दिन सम्म छाउनी बाहिर राख। त्यति समय पछि, तिनी स्वस्थ हुन्छिन। त्यसपछि तिनी छाउनीमा फर्की आउन सक्छिन्?”

गन्ती 19:11

एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ।

यर्मिया 33:8

मेरो विरोधमा तिनीहरूले गरेको पाप धोई पखाल्नेछु। तिनीहरूले मेरो विरूद्ध गरेको सबै पाप र विद्रोहहरू क्षमा गर्नेछु।

इजकिएल 36:25

त्यसपछि म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु अनि तिमीहरूलाई शुद्ध पार्छु। म तिमीहरूका सारा अशुद्धिहरू धुन्छु अनि ती घृणित मूर्तिहरूबाट उत्पन्न अशुद्धिहरू धुन्छु।”

2 कोरिन्थी 7:1

प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किन कि हामी परमेश्वरलाई आदर गर्छौं।

याकूब 4:8

परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।

प्रकाश 1:5

अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरुका शासक हुनुहुन्छ।आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।

Interlinear

Choose Theme