“तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन।
Cross references
अनि परमप्रभुले मोशालाई भन्नु भयो, “आज र भोलि तिमीले मानिसहरूलाई एक विशेष सभाको निम्ति तयारी राख्नु पर्छ। मानिसहरूले आफ्नो लुगाहरू धुनुपर्छ।
यसर्थ मोशा पर्वतबाट तल झरे अनि मानिसहरू भएको ठाउँमा गए। तिनले मानिसहरूलाई विशेष सभाको निम्ति तयार पारे अनि तिनीहरूले आ-आफ्नो लुगा धोए।
तब मोशाले हारून र तिनका छोराहरूलाई ल्याए अनि पानीले नुहाइदिए।
तिमीहरू पूजाहारी अभिषेक भएको दिनदेखि सात दिनसम्म बाहिर कतै नजानु, अभिषेकको समय सात दिन हो तिमीहरूले सात दिन पूरा नहोउञ्जेल भेट हुने पाल छोड्नु हुँदैन।
अनि कुनै पनि मानिस जसले सिनु बोक्छ, उसले आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो अपवित्र रहनेछ।
यदि उसको जाँचमा त्यो घाउमा परिर्वतन नभए, अथवा घाउ नफैलिएको भए, पूजाहारीले त्यस मानिसलाई अरू सात दिन अलग्ग राख्नु पर्छ।
अनि सातों दिनमा पूजाहारीले त्यो घाउलाई एक पल्ट फेरि जाँच गर्नु पर्छ, र यदि त्यो घाउ मत्थर भएको छैन अनि छालाको अरू ठाउँतिर फिंजिएको छैन भने तब पूजाहारीले उसलाई शुद्ध घोषणा गर्नु पर्छ। त्यो केवल खटिरा हो। अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ अनि ऊ शुद्ध हुनेछ।
सातौं दिन उसले आफ्नो कपाल, दाह्री अनी आँखी रौं खौरोस् उसले सबै कपाल खौरोस्, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ।
पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।
यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।
“इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिकधर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ।
तिनीहरूलाई शुद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शुद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शुद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काटुन् अनि आफ्नो लुगाहरू धुऊन् र तिनीहरू यसरी शुद्ध हुन्छन्।
परमप्रभुले मोशालाई उत्तर दिनुभयो, “यदि तिनको बाबुले तिनको मुखमा थुकिदिए भने, तिनी सात दिन सम्म लज्जित हुनुपर्छ। यसकारण तिनलाई सात दिन सम्म छाउनी बाहिर राख। त्यति समय पछि, तिनी स्वस्थ हुन्छिन। त्यसपछि तिनी छाउनीमा फर्की आउन सक्छिन्?”
उज्जियाह राजा कोरी भएको थियो। तिनी भिन्नै घरमा बस्नु पर्थ्यो। तिनी परमप्रभुको मन्दिरमा प्रेवश गर्न सक्तैन थिए। उज्जियाहका छोरा योतामले राज दरबारलाई नियन्त्रणमा राखे अनि दरबारको निम्ति प्रशासक भए।
त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरुलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरुलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो।
अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरुका शासक हुनुहुन्छ।आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।
मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नहुच्छ।” अनि अग्रजले भने, “यी ती मानिसहरु हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरुले भेंडाको रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरु शुद्ध अनि सेता भएका छन्।