माटोको भाँडामा मरेका यी प्राणीहरूमध्ये कुनै परे त्यो भाडमा रहेको चीज पनि अशुद्ध हुन्छ र त्यो भाँडा फुटाउनु पर्छ।
Cross references
“तेल सित तावामा राम्ररी भूटेर बनाओस् यो राम्ररी तेलमा मिसाएर परमप्रभुको निम्ति टुक्रा-टुक्रा पारेर मिठो सुगन्धित अन्नबलि चढाउनु पर्छ।
अनि प्रत्येक माटोको भाँडा जसमा पापबलिको मासु पकाइन्छ, त्यो फुटाउनुपर्छ। अनि यदि पाप बलिको मासु धातुले बनिएको भाँडामा पकाएको त्यो माझेर पानीले पखाल्नु पर्छ।
यदि त्यो मरेको वस्तुको कुनै पनि अंग मात्र केही चीजमा परे त्यो चीज अशुद्ध हुनेछ। यदि त्यो बस्तु चुला अथवा अँगेटी हो भने त्यो भत्काउनु पर्छ।
त्यो ढुस्सी लागेको वस्तु चाहे ऊनी, सूती अथवा छाला जे सुकैले बनिएको होस्, यदि त्यसमा ढुस्सी फैलिएको पाए त्यो वस्तु नै आगोमा जलाउनुपर्छ।
त्यस घरको ढुङ्गहरू, काठपातहरू निकालेर शहर बाहिर कुनै मैला ठाउँमा फ्याँक्नुपर्छ।
“यदि प्रमेह हुने मानिस माटोको भाँडा छुन्छ, यसलाई फुटाउनु पर्छ अनि काठको भाँडा पानीले पखाल्नु पर्छ।
अनि ढकनी बिनाको प्रत्येक भाँडा अथवा बयम अशुद्ध हुन्छ।
घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।
हामी जान्दछौं, यस धरतीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ।
उहाँले हाम्रो दुर्बल शरीर बदली गरेर उहाँको शक्तिले आफ्नै जस्तो महिमाशाली शरीर बनाइदिनु हुनेछ। त्यही शक्तिले उहाँ प्रत्येक चीजलाई आफ्नो अधीनमा ल्याउन योग्य हुनुहुनेछ।