घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।
Cross references
तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”
मोआबका चारैतिर घरको दलानहरूमाथि र गल्लीहरूमा मानिसहरूले कालो लुगाहरू लगाएर रूँदै कराउँदै हिँडे।
दिव्य दर्शनको बेंसी बारे दुखको सन्देश तिमीहरूलाई के भयो? घरमाथि किन लुकिरहेछौ?
तिमी ठूलो माटाको टुक्रिएको हाँडी जस्तो छौ। ती टुक्राहरू बेकामेका हुनेछन्। ती टुक्राहरूद्वारा न त तिमीहरू बल्दै गरेको आगो ल्याउन सक्छौ न त कुवाबाट पानी ओसार्न सक्छौ।”
के कोन्याहकसैले आफलको फुटेको भाँडा जस्तो हो जसलाई कसैले मन पराउँदैन? किन यहोयाकीन र उसको नानीहरू फ्याँकिए? किन तिनीहरू नजानेको देशमा फ्याँकिए?
हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो, खरानीमा लडीबडी गर। किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने अनि तितर-बितर हुने समय आएको छ। तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।
इस्राएल नष्ट भयो। अब तिनीहरू जाति-जातिहरूका बीचमा बेकामको भाँडा जस्तै भएका छन्।
कुमालेको अधिकार छ एउटै माटोबाट उसले विशेष प्रयोगमा आउने एक किसिमको भाँडो बनाउँछ भने सामान्य प्रयोगमा आउने अर्को किसिमको भाँडो पनि बनाउँछ। के यो ठीक होइन?
एउटा ठूलो भवनमा सुन र चाँदीले बनिएका समानहरू छन, तर त्यहाँ काठ र माटाले बनिएका वस्तुहरू पनि छन्। कोही विशेष कामकालागि हुन्छन् भने कुनै साधारण कामकालागि हुन्छन्।
‘उसले तिनीहरुमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरु जस्तै टुक्रा-टुक्रा पार्नेछ।’