Home Bibles लेवी 13:52 · नेपाली बाइबल
लेवी 13:52 · नेपाली बाइबल

त्यो ढुस्सी लागेको वस्तु चाहे ऊनी, सूती अथवा छाला जे सुकैले बनिएको होस्, यदि त्यसमा ढुस्सी फैलिएको पाए त्यो वस्तु नै आगोमा जलाउनुपर्छ।

Cross references

लेवी 11:33

माटोको भाँडामा मरेका यी प्राणीहरूमध्ये कुनै परे त्यो भाडमा रहेको चीज पनि अशुद्ध हुन्छ र त्यो भाँडा फुटाउनु पर्छ।

लेवी 11:35

यदि त्यो मरेको वस्तुको कुनै पनि अंग मात्र केही चीजमा परे त्यो चीज अशुद्ध हुनेछ। यदि त्यो बस्तु चुला अथवा अँगेटी हो भने त्यो भत्काउनु पर्छ।

लेवी 14:44

त्यहाँ जाँच गर्न पूजाहारी आऊन् र यदि ढुसी त्यहाँ फैलेर घरको माल-तालहरू नष्ट पार्दैछ भने त्यो घर अशुद्ध हो।

व्यवस्था 7:25

“तिमीहरूले तिनीहरूका देव-देवताको मूर्तिहरू आगोमा फ्याँकि दिनु पर्छ अनि जलाएर नष्ट परिदिनु पर्छ। तिमीहरूले ती मूर्तिहरूमा रहेको सुन अथवा चाँदी राख्नु हुँदैन। त्यसले तिमीहरूको जीवनमा ध्वंश पार्नेछ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले मूर्तिहरू मन पराउनु हुँदैन।

यशैया 30:22

तिमीहरूले सुन र चाँदीले मूर्तिहरूलाई ढाकिदिएका छौ। ती झूटो देवताहरूले तिमीहरूलाई फोहरी बनाई दिए। तर तिमीहरूले ती झूटो देवताहरूलाई आराधना गर्न रोक्न सक्छौ। तिमीहरूले ती झूटो देवताहरूलाई फोहर मैला, कसिगर जस्तै टाढा फाली दिनेछौ।

प्रेरित 19:19

तिनीहरूमध्ये कति जनाले टुनामुना प्रायोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो।

Interlinear

Choose Theme