मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसापानलाई बोलाए अनि भने। उनले तिनीहरूलाई भने, “आऊ अनि आफ्ना काकाको छोराहरूलाई पवित्र स्थानबाट बाहिर पालसम्म लैजाऊ।”
Cross references
कहात एक सय तेत्तिस वर्ष बाँचे अनि तिनका छोराहरू हुन अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
मीशाएल, एल्सापान अनि सिथ्री उज्जीएलका छोराहरू थिए।
कहात वंशको नाम अम्राम, यिसहार हेब्रोन र उज्जीएल।
उज्जीएलको छोरो एलीसापान यी कहाती वंशका मानिसहरूको अगुवा थियो।
कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।
जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासंग थिए।
त्यसपछि उनको लाश बाहिर निकालेर गाडिदिए! अनि प्रत्येक मानिसले त्यस्तो घटनाको विषयमा सुनेपछि भयभीत बने।
पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खर तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।”
केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे। त्यही दिनदेखि यहूदी हरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंश गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए।