Home Bibles ☰ Books विलाप 3:34 · नेपाली बाइबल
विलाप 3:34 · नेपाली बाइबल

परमप्रभु यी कुराहरू मनपारउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।

Cross references

भजनसंग्रह 69:33

किनकि परमप्रभुले दीन-दुःखि र असहायकहरूको पुकारा सुन्नु हुन्छ। कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ।

भजनसंग्रह 79:11

कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्! परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस् जसलाई मृत्युदण्ड दिइएकोछ।

भजनसंग्रह 102:20

अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ। उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।

यशैया 14:17

के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो र घना जङ्गलमा परिणत गरिदियो? के यो त्यही मानिस हो जसले युद्धमा समातिएका मानिसहरूलाई आफ्ना घर फर्कन दिएनन्?”

यशैया 49:9

तिमीहरूले कैदीहरूलाई भन्ने छौ, ‘कैदबाट तिमीहरू बाहिर आऊ। अन्धकारमा बस्ने मानिसहरूलाई तिमीहरूले भन्नेछौ, ‘अन्धकारबाट निस्क।’ यात्रा गरिरहेका बेलामा मानिसहरूले खानेछन्। रित्तो पहाडहरूमा तिनीहरूले खानेकुरा पाउनेछन्।

यशैया 51:22

तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ।

यर्मिया 50:17

इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्‌दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”

यर्मिया 50:33

सेनाहरूका परमप्रभु भन्नुहुन्छ “इस्राएल र यहूदाका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाई लगियो। तिनीहरूलाई कैद गर्नेहरूले तिनीहरूलाई पक्रेर राखेका छन् र मुक्त पार्न अस्वीकार गरे।

यर्मिया 51:33

सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ “बाबेल धान कुट्ने ढिकी जस्तै भएकी छ। बालीको समय मानिसहरूले धान कुटेर असल र भुस छुट्याउँछन्। अनि बाबेलमा धान कुट्ने समय चाँडै आइरहेछ।”

जकरिया 9:11

यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु।

Interlinear

Choose Theme