Home Bibles यर्मिया 50:33 · नेपाली बाइबल
यर्मिया 50:33 · नेपाली बाइबल

सेनाहरूका परमप्रभु भन्नुहुन्छ “इस्राएल र यहूदाका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाई लगियो। तिनीहरूलाई कैद गर्नेहरूले तिनीहरूलाई पक्रेर राखेका छन् र मुक्त पार्न अस्वीकार गरे।

Cross references

प्रस्थान 5:2

तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”

प्रस्थान 8:2

यदि तिमी मेरो मानिसहरूलाई छोडन अस्वीकार गर्छौ, तब म मिश्र देशलाई भ्यागुताहरूले भरिदिनेछु।

प्रस्थान 9:2

यदि मेरो मानिसहरूलाई जान दिएनौ र रोकी राख्यौ भने,

प्रस्थान 9:17

तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौं।

यशैया 14:17

के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो र घना जङ्गलमा परिणत गरिदियो? के यो त्यही मानिस हो जसले युद्धमा समातिएका मानिसहरूलाई आफ्ना घर फर्कन दिएनन्?”

यशैया 47:6

“म मेरो मानिसहरूसित क्रोधित थिएँ, ती मानिसहरू मेरा हुन्, तर म क्रोधित थिएँ, यसकारण मैले तिनीहरूलाई प्रमुख बनाइँन। मैले तिनीहरू तिमीलाई दिएँ, अनि तिनीहरूलाई तिमीले दण्ड दियौ। तर तिमीले तिनीहरूमाथि कृपा राखेनौ। तिमीले बूढा-पाकहरूलाई पनि कठिन काम गर्न लगायौ।

यशैया 49:24

जब बलवान सिपाहीले युद्धमा धन जित्दछ, तिमीहरूले उबाट त्यो धन लिन सक्तैनौ। जब शक्तिपूर्ण सिपाहीले कैदीलाई पहरा दिनछन् त्यो कैदी भाग्न सक्तैन्।

यशैया 51:23

म मेरो क्रोध तिनीहरूमाथि प्रयोग गर्नेछु जसले तिमीहरूलाई चोट पुर्याउनेछ, जसले तिमीहरूलाई मार्ने प्रयास गर्दछ। तिनीहरूले तिमीहरूलाई भने, ‘हाम्रो अघाडी घुँडा टेक अनि हामी तिमीहरूमाथि हिंड्नेछौं।’ तिनीहरूले जबरजस्ती तिनीहरूलाई झुकाउने कोशिश गर्छन्। अनि तिनीहरू तिमीहरूका ढाढमा हिंडनेछन्। तिमीहरू तिनीहरू हिंडने एक बाटो जस्तो हुनेछौ।”

यशैया 52:4

परमप्रभु, मेरो मालिकले भन्नुहुन्छ, “मेरा मानिसहरू पहिले बस्नलाई मिश्रतिर गए अनि त्यसपछि तिनीहरू दासहरू भए। पछि अश्शूरले तिनीहरूलाई दास बनाए।

यशैया 58:6

“म कुन प्रकारको विशेष दिन चाहन्छु, भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन्। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई संकटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।

यर्मिया 30:20

तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्। तिनीहरूको समुदाय मेरो अघि स्थापित हुनेछ। जसले तिनीहरूमाथि अत्याचार गर्छ म तिमीहरूलाई दण्ड भोगाउनेछु।

यर्मिया 34:15

भर्खरै तिमीहरू आफूले गरेको कामका निम्ति पश्चाताप गर्यौ अनि मेरो नजरमा के सही हो त्यो गर्यौ। जुन मन्दिर मेरो नाउँले प्रसिद्ध छ त्यसमा तिमीहरूले मेरो समक्ष एउटा करार गर्यौ अनि हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र दिने घोषणा गर्यौ।

यर्मिया 50:7

ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए। तिनीहरूका शत्रुहरूले भने, ‘हामीले गल्ती काम गरेका छैनौ’ किनभने ती मानिसहरूले परमेश्वरको विरूद्ध पाप गरे जो तिनीहरूका साँचो आश्रय (घर) थियो। तिनीहरूका पिताहरूले विश्वास गरेका परमप्रभु परमेश्वर हुनुहुन्थ्यो।

यर्मिया 50:17

इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्‌दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”

यर्मिया 51:34

सियोनका मानिसहरूले भन्नेछन्, “बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो। हामीलाई चोट पुर्यायो। उसले हामीलाई खाली भाँडाजस्तै बनायो। राक्षसलेझैं उसले हामीलाई निल्यो। हाम्रो राम्रो भोजनले उसले आफ्ने पेट भर्यो। तब उसले हामीलाई बाहिर थुक्यो।

जकरिया 1:15

म यी राष्ट्रहरुप्रति अत्यन्तै क्रोधित छु जसले आफु अति सुरक्षित अनुभव गर्छ, म अधिक क्रोधित भएको थिएँ, अनि ती जातिहरुको प्रयोग आफ्नो मानिसहरुलाई दण्ड दिनको लागि गरें। तर ती जातिहरुले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।”

Interlinear

Choose Theme