Home Bibles जकरिया 9:11 · नेपाली बाइबल
जकरिया 9:11 · नेपाली बाइबल

यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु।

Cross references

प्रस्थान 24:8

तब मोशाले बलिको गोरूको रगत भएको कचौरा लिए अनि मानिसहरूमाथि छर्के। उनले भने, “परमप्रभुले तिमीहरूसित विशेष करार गर्नु भएकोछ भनी यस रगतले देखाउँछ। परमेश्वरले बनाउनु भएका नियमहरू यस करारको एउटा अंश हो।”

व्यवस्था 5:31

तर मोशा, तिमी यहाँ पर्ख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’

2 शमूएल 13:13

यस्तो लाजमर्दो अवस्थाबाट म कहिले पनि मुक्ति पाउने छैन। मानिसहरूले सोच्नेछन् तपाईं एउटा साधारण दुष्ट जस्तैं बन्नु भयो। दया गरी राजासँग भन्नुहोस्। उहाँले हामी दुवैलाई विवाह गर्न दिनुहुनेछ।”

2 इतिहास 7:17

“अब सुलेमान, यदि तँ मेरो सामुन्ने तेरो पिता दाऊद बसे जस्तै बसिस् भने अनि मैले दिएका सबै आदेशहरू तैंले पालन गरिस् भने, यदि तैंले मेरा व्यवस्था अनि नियमहरूको पालन गरिस् भने।

भजनसंग्रह 30:3

तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो। मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।

भजनसंग्रह 40:2

परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो। उहाँले मलाई हिलै हिलो भएको ठाउँबाट उठाउनु भयो। उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।

भजनसंग्रह 69:33

किनकि परमप्रभुले दीन-दुःखि र असहायकहरूको पुकारा सुन्नु हुन्छ। कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ।

भजनसंग्रह 102:19

परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ। परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ।

भजनसंग्रह 107:10

परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए, झ्यालखानको अंध्यारो कोठाहरूमा बन्दी थिए।

यशैया 42:7

तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन् तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ।

यशैया 42:22

तर मानिसहरूमा हेर! अन्य मानिसहरूले तिनीहरूलाई परास्त गरेर तिनीहरूका सम्पत्तिहरू लुटे। सारा जवान मानिसहरू डराएका छन्। तिनीहरू झ्यालखानामा बन्द छन्, मानिसहरूले तिनीहरूका रूपिया पैसा लगेर गए अनि त्यहाँ उनीहरूलाई बचाउने कोही छैन। अन्य मानिसहरूले तिनीहरूका पैसामा ध्यान दिए। “यो फर्काई देऊ” भन्ने त्यहाँ कोही पनि थिएनन्।

यशैया 49:9

तिमीहरूले कैदीहरूलाई भन्ने छौ, ‘कैदबाट तिमीहरू बाहिर आऊ। अन्धकारमा बस्ने मानिसहरूलाई तिमीहरूले भन्नेछौ, ‘अन्धकारबाट निस्क।’ यात्रा गरिरहेका बेलामा मानिसहरूले खानेछन्। रित्तो पहाडहरूमा तिनीहरूले खानेकुरा पाउनेछन्।

यशैया 51:14

कैदमा परेका मानिसहरू चाँडै नै स्वतन्त्र हुनेछन्। ती मानिसहरू झ्यालखानमा मर्ने अथवा सडने छैनन्। ती मानिसहरूले प्रशस्त खानेकुराहरू पाउनेछन्।

यशैया 58:12

तिमीहरूका शहरहरू धेरै वर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई “भत्केका पर्खालहरू निर्माण गर्ने” भनेर बोलाइनेछ तिमीहरूलाई, “बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेछ।”

यशैया 61:1

“परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो।

यर्मिया 38:6

त्यसपछि ती अधिकारीहरूले यर्मियालाई लगे अनि राजाको छोरो मल्कियाहको पानीको इनारमा फ्याँकिदिए। त्यो इनार प्रहारी चोकामा थियो। ती अधिकारीहरूले डोरी लगाएर यर्मियालाई इनारको मुनी झारे। इनारमा पानी थिएनँ, तर हिलो थियो अनि त्यो हिलोमा यर्मिया भासिए।

दानियल 2:29

हे राजा, तपाईं आफ्नो ओछ्यानमा सुतिरहनु भएको थियो। तपाईंले भविष्यमा घट्ने घटनाको विषयमा सोचिरहनु भएको थियो। परमेश्वरले मानिसहरूलाई रहस्यपूर्ण विषयमा बताउन सक्नुहुन्छ। त्यसैकारण उहाँले भविष्यमा जे घट्नेवाला छ, त्यो दर्शाई दिनु भयो।

मत्ती 26:28

यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ।

मर्कूस 14:24

त्यसपछि यष्ठ्वेशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। या रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।

लूका 4:18

परमप्रभुको आत्मा ममथि छ। परमेश्वरले मलाई अभिषेक गर्नुभएकोछ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएकोछ, कैदीहरूलाई मुक्त पार्न अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।

लूका 16:24

त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्।’ किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’

लूका 22:20

त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।”

प्रेरित 26:17

म तिम्रो आफ्नै मानिसहरूलाई तिमीमाथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु।

1 कोरिन्थी 11:25

उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो सम्झनामा गर्ने गरा यसै गर्नु।

कलस्सी 1:13

अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ।

हिब्रू 9:10

ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउञ्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।

हिब्रू 10:29

जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के संझन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो।

हिब्रू 13:20

म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेडाका ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो।

प्रकाश 20:3

त्यो स्वर्गदूतले त्यो सर्पलाई त्यो अतल खाल्डामा हालिदिए अनि त्यसलाई बन्द गरिदिए। त्यो स्वर्गदूतले सर्पलाई ताला लगाई दिए ताकि एक हजार र्वषसम्म राष्ट्रहरुलाई छल्न नसकोस। एकहजार र्वषपछि केही समयको निम्ति त्यो सर्पलाई मुक्त पार्नुपर्छ।

Interlinear

Choose Theme