मत्ती 18:26 · नेपाली बाइबल
तर त्यो नोकरले मालिकको खुट्टामा घोप्टो परेर विन्ती गर्यौ, ‘मेरो निम्ति केही धैर्य गरीदिनुहोस्। अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु।’
Cross references
मत्ती 8:2
त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”
मत्ती 18:29
“त्यो नोकर घुँडा टेकेर विन्ती गर्न लाग्यो, ‘म माथि दया गर्नुहोस् म तपाईंको सबै ऋण चुक्ता गर्नेछु।’
लूका 7:43
शिमोनले भन्यो, “ मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।”येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।”
रोमी 10:3
तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्।