Home Bibles न्यायकर्ता 9:29 · नेपाली बाइबल
न्यायकर्ता 9:29 · नेपाली बाइबल

यदि तिमीहरूले मलाई यी मानिसहरूका सेनापति बनायौ भने म अबीमेलेकलाई नष्ट गर्नेछु। म तिनलाई भन्नेछु, ‘तिम्रा सेनालाई तयार पार अनि युद्धमा आऊ।”‘

Cross references

2 शमूएल 2:14

अबनेरले योआबलाई भने, “यी सैनिकहरू माझ एउटा होडबाजी गराऔं।”योआबले भने, “ठीक छ होडबाजी होस्।”

2 शमूएल 15:4

अब्शालोमले यो पनि भन्थे, “अहो, कसैले मलाई यस देशको न्यायधीश नियुक्ति गरिदिएको भए म प्रत्येकलाई साँचो न्याय दिनसक्थें।”

1 राजा 20:11

राजा आहाबले उत्तर दिए, “बेन-हददलाई भन जुन मानिसले कवच धारण गर्छ, त्यसले त्यस मानिसको जस्तो गर्व नगरोस्, जो त्यसलाई खोल्न मानिसले झैं घमण्ड गर्नु हुँदैन।”

2 राजा 14:8

अमस्याहले इस्राएलका राजा येहूका नाती, योआहाजका छोरा योआशकहाँ दूत पठाए। अमस्याहको सन्देश थियो, “आऊ, हामी आपस्तमा मुखामुख गर्यौ अनि युद्ध गर्यौ।”

2 राजा 18:23

अब अश्शूरका राजा, हाम्रा मालिकसँग सम्झौता गर। म वचन दिन्छु, यदि तिमीले सवार गर्नेहरू भेटाउन सक्छौ भने म तिमीलाई 2,000 घोडाहरू दिनेछु।

भजनसंग्रह 10:3

दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।

यशैया 36:8

यदि तिमीहरू अझ लडाइँ गर्न चाहन्छौ भने मेरो मालिक, अश्शूरका राजाले तिमीहरूसँग यो सम्झौता गर्नेछन्। यदि तिमीहरूले युद्धको लागि घोड-सवारहरू पाउन सक्छौ भने म दुइ हजार घोडाहरू दिने वचन दिन्छु।

रोमी 1:30

तिनीहरू आपसमा दुष्ट्याई पूर्ण कुराहरू गर्छन्। तिनीहरू परमेश्वरलाई घृणा गर्छन्। तिनीहरू रूखो, अहंकार अभिमानी, र ढीट छन्। तिनीहरूले नराम्रा कामहरू गर्ने नयाँ बाटोहरू खोजिहिड्छन्। तिनीहरूले आफ्ना माता-पितालाई पनि टेर्दैनन्।

Interlinear

Choose Theme