Home Bibles ओबदिया 1:5 · नेपाली बाइबल
ओबदिया 1:5 · नेपाली बाइबल

तिमी साँच्चै नै सर्वनाश हुनेछौ! हेर यदि कुनै चोर तिमी कहाँ आए, जब राती डाकु आए, तिनीहरू आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर जानेछ। यदि तिम्रो दाखको बारीमा दाख चोर्न आए दाख टिपी सकेपछि उसले पनि आफ्नो पछाडी केही नकेही छोडेर जान्छ।

Cross references

व्यवस्था 24:21

त्यसरी नै जब तिमीहरू दाखबारीमा फल उठाउन जान्छौ छोडिएको फल खोज्न फार्किएर नजाऊ, ती फलहरू विदेशी, विधुवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ।

2 शमूएल 1:19

“इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो। साँच्चै, कसरी ती वीरहरू लडे!

यशैया 14:12

तिमी बिहानको तारा जस्तो थियौ, तर तिमी आकाशबाट खस्यौ। पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो। तर अहिले तिमी काटिएर ढल्यौ।

यशैया 17:6

त्यसबेला जैतून पाकेको समय जस्तै हुनेछ। मानिसहरू जैतूनको बोटबाट जैतूनहरू मात्र टिप्छन्। तर केही जैतूनहरू मात्र रूखको टुप्पामा रहन्छन्। लगभग चार वा पाँचवटा जैतून रूखको हाँगाहरूमा रहन्छन्। त्यस्तै घटनाहरू ती शहरहरूमा हुनेछ। सेनाहरूका परमप्रभु यसो भन्नु हुन्छ।

यशैया 24:13

फसलको बेलामा, मानिसहरूले रूखबाट जैतून झारे तर केही मात्रामा जैतूनहरू रूखमा नै छाडिए। त्यस्तै प्रकारले यस पृथ्वीमा केही जातिहरू मात्र छाडिनेछन्।

यर्मिया 6:9

यही प्रकारले सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “खेतमा दाख बटुले झैं इस्राएलमा बाकी रहेका मानिसहरू भेला गर। दाखहरू टिप्नेले झैं दाखको बोटहरू फेरि नियाल।”

यर्मिया 49:9

जब मानिसहरूले अङ्गुर फल बटुल्छन्, तिनीहरूले केही छाडछन्। जब राती चोरहरू आउँछन् तिनीहरूलाई जति चाहिन्छ त्यति मात्र लैजान्छन्।

यर्मिया 50:23

त्यो देश जसले सारा पृथ्वीलाई नै मार्तोलले हिर्कायो त्यो कटिएको छ र टुक्रिएको छु। बाबेल जाति-जातिहरू माझ प्राणीहीन भएकोछ।

विलाप 1:1

हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो। तर अहिले यो शहर नित्तान्त शुन्य भएको छ। यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो, तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएको छ। यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई। तर अहिले यो नोकर जस्तो भएको छ।

मीका 7:1

म व्यकुल छु। किन? किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु जो टिपिसकिएको छ। म त्यो दाख जस्तै भएको छु जो टिपिसकिएको छ। अब त्यहाँ एउटा पनि दाख रहेकोछैन। पहिले फलेको नेभारानै छैन जुन मलाई मन पर्थ्यो, त्यो एउटा पनि रहेको छैन।

सपन्याह 2:15

नीनवे अहिले एकदमै घमण्डी भएकोछ। यो यस्तो आनन्दित शहरहो, मानिसहरू सम्झन्छन् कि तिनीहरू सुरक्षीत छन्। तिनीहरू सम्झन्छन् कि नीनवे एकदमै ठूलो शहर हो। तर त्यो शहर नष्ट गरिनेछ। यो उजाड हुनेछ। जहाँ खालि जङ्गली जनावरहरूले मात्र बास गर्ने छन्। जब मानिसहरू यो बाटो भएर जान्छन् त्यति बेला तिनीहरूले देख्ने छन् कि कति नराम्रो प्रकारले शहर नष्ट गरिएकोछ, तब तिनीहरू टाउको हल्लाउँदै खुट्टा ठटाउँनेछन्।

प्रकाश 18:10

ती राजाहरु त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरुले भन्नेछन्‘हे! शक्तिशाली नगर बेबिलोन! दुखै दुख होस् तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’

Interlinear

Choose Theme