Home Bibles ☰ Books न्यायकर्ता 6:31 · नेपाली बाइबल
न्यायकर्ता 6:31 · नेपाली बाइबल

तब योआशले त्यो भीडलाई भन्यो जो तिनका वरिपरि उभिएका थिए। योआशले भने, “के तिमीहरू बाल देवताको पक्ष लिंदैछौ? के तिमीहरू बालको उद्धार गर्न खोज्दै छौ? यदि कसैले बालको पक्ष लिन्छौ भने उसलाई बिहान हुँदा मारिनु पर्छ। यदि बाल वास्तवमा देवता भएको भए उसले आफ्नो सुरक्षा आफै गर्नु पर्ने।”

Cross references

प्रस्थान 23:2

“गल्ती कर्म गर्ने मानिसहरूको समूहमा सामेल नहोऊ। यदि तिमीहरूले अदालतमा साक्षी दिनु परे बहुसंख्यकको पक्षमा नलाग।

गन्ती 14:6

नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुईजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूको दुःख।

व्यवस्था 13:5

अगमवक्ता अथवा स्वप्न-दर्शी मानिसलाई तिमीहरूले मार्नु पनि पर्छ। किन? किनभने, उसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई नमान्नु भन्यो। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भयो जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई जस्तो तरिकाले जीवन यापन गर्ने आज्ञाहरू दिनु भएको छ त्यसबाट उसले अलमलायो। तिमीहरूका मानिसहरूबाट दुष्टता हटाउनको निम्ति तिमीहरूले त्यसलाई मार्नै पर्छ।

व्यवस्था 17:2

“सायद तिमीहरूले सुनेको होला परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेका शहरहरू मध्ये एउटा शहरमा केही अनिष्ट हुन्छ। सायद तिमीहरूलाई थाहा होला तिमीहरूकै समूहको कुनै पुरूष अथवा स्त्रीले परमप्रभुको विरूद्ध पाप गरेको छ। यो पनि सुनेकै होला तिनीहरूले परमप्रभुको करार भङ्ग गरेका छन्।

व्यवस्था 17:5

तब यस्तो अनिष्ट कार्य गर्ने मानिसलाई तिमीहरूले सजाय दिनु पर्छ। त्यस पुरूष अथवा स्त्रीलाई शहरको सार्वजनिक ठाउँको फाटकमा तिमीहरूले लानु पर्छ अनि ढुङ्गाले हानेर मार्नु पर्छ।

1 राजा 18:27

दिउँसोतिर एलियाले तिनीहरूको खिसी गरे। एलियाले भने, “यदि बाल साँच्चै नै देवता हुन् भने हुन्छ, जोडसित प्रार्थना गर्नुपर्छ!हुन सक्छ, उनी सोच्दै छन्! अथवा हुन सक्छ उनी व्यस्त छन्!अथवा हुन सक्छ उनी भ्रमण गरदैछन्! उनी सुती रहेको हुन सक्छ। हुन सक्छ तपाईंहरूले जोरसित प्रार्थना गर्दा उनी उठ्न सक्छन्!“

1 राजा 18:29

मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन।

1 राजा 18:40

तब एलियाले भने, “बालका सबै अगमवक्ताहरूलाई पक्रा। कसैलाई भाग्न नदोऊ!” यसकारण मानिसहरूले सबै अगमवक्ताहरूलाई पक्रिाए। तब एलियाले तिनीहरूलाई कीशोन खोलामा लगे अनि त्यस ठाउँमा तिनीहरूलाई मारे।

भजनसंग्रह 115:4

ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्। तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।

यशैया 41:23

हामीलाई ती कुराहरू बताऊ जुन के हुने होला हामीले जान्नै पर्छ। तब तिमीहरू वास्तवमा देवताहरू नै हौ भनेर हामी विश्वास गर्ने छौ। केही त गर! जे पनि गर राम्रो वा नराम्रो। तब तिमी जीउँदो नै हौ भनेर हामी देख्नेछौ। अनि हामी तिमीलाई पछ्याउने छौं।

यशैया 46:1

बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्। मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्।

यशैया 46:7

ती मानिसहरू आफ्ना काँधमा ती झूटा देवताहरू बोक्छन्। झूटो देवता अर्थहीन हो। मानिसहरूले यसलाई बोक्नु पर्छ। मानिसहरू भूईंमा मूर्ति उभ्याउँछन्। अनि झूटो देवता त्यहाँबाट हिँडन सक्तैन्। झूटा देवता मूर्ति मात्र हो। यसले मानिसहरूलाई संकटबाट रक्षा गर्न सक्दैन्। मानिसहरू त्यससित चिच्याउँछन् तर कुनै उत्तर पाउँदैनन्। झूटो देवता मात्र मूर्ति हो। यसले मानिसहरूलाई तिनीहरूको समस्याबाट रक्षा गर्न सक्तैन्।

यर्मिया 10:5

मूर्तिहरू खेतमा राखेको तर्साउने पुतला जस्तै हुन्। तिनीहरू बोल्दैनन्। तिनीहरूलाई बोक्न पर्छ किनभने तिनीहरू हिंड्न सक्तैनन्। तिनीहरूलाई आदर नगर! तिनीहरूले नोक्सान अथवा सहायता गर्नु सक्तैन।”

यर्मिया 10:11

परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘

1 कोरिन्थी 8:4

यसर्थ मूर्तिमा बलि चढाएको मासु खान दिने विषयमाः हामी जान्दछौं, संसारमा मूर्ति वास्तवमा केही होइन। अनि हामी जान्दछौं परमेश्वर एक हुनु हुन्छ।

एफिसी 5:11

अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ।

Interlinear

Choose Theme