Home Bibles न्यायकर्ता 6:13 · नेपाली बाइबल
न्यायकर्ता 6:13 · नेपाली बाइबल

तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं?” हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।”

Cross references

उत्पत्ति 25:22

जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?”

प्रस्थान 33:14

परमप्रभुले उत्तर दिनु भयो, “म आफैं तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।”

गन्ती 14:14

अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ।

व्यवस्था 29:24

“तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’

व्यवस्था 30:17

तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने,

व्यवस्था 31:17

त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आफ्त र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’

2 इतिहास 15:2

अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।

भजनसंग्रह 27:9

हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस् मलाई साथ दिनुहोस्। मलाई टाढा नधकेल्नुहोस्! मलाई नत्याग्नु होस् मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।

भजनसंग्रह 44:1

हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं। हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के के गर्नुभयो उहाँ बताउनु भयो। तपाईंले धेरै वर्ष अघि गरेका कार्यहरू। तिनीहरूले बताउनु भयो।

भजनसंग्रह 44:2

परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति सहित अरूका जग्गाहरू लिनुभयो अनि हामीलाई दिनु भयो। तपाईंले ती विदेशी मानिसहरूलाई टुहुरो पार्नु भयो। तपाईंले तिनीहरूलाई यो ठाउँ छोड्न वाध्य गर्नुभयो।

भजनसंग्रह 77:7

म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो? के फेरि उहाँ हामीसित खुशी हुनु हुन्न?

भजनसंग्रह 78:3

हामीले ती कथाहरू सुन्यौ, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौ। हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।

भजनसंग्रह 89:49

हे परमप्रभु, अघिका तपाईंको महान्‌ प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्‍नो विश्‍वसनीयतामा शपथ खानुभएको थियो

यशैया 41:17

“गरीब र दीन-दुखी मानिसहरूले पानी खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्। तिनीहरूको जिब्राहरू सुवखा छन्। म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु। म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।

यशैया 59:1

हेर, तिमीहरूलाई बचाउनको निम्ति परमप्रभुको शक्ति नै प्रयाप्त छ। उहाँले सुन्नु हुनेछ जब तिमीहरूले उहाँको साथ माँग्छौ।

यशैया 63:11

तर धेरै वर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ। उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ। परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो। परमप्रभुले आफ्ना भेंडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो। तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो, अहिले कहाँ हुनुहुन्छ?

यशैया 63:15

परमप्रभु, र्स्वगबाट तल र्हुर्नुहोस्। ती कुराहरू अब घटिरहेको देख्नुहुन्छ। तपाईंको महान र पवित्र स्वर्गको घरबाट तल हामीतिर हेर्नुहोस। तपाईंको प्रगाढ प्रेम हाम्रो लागि काहँ छ? तपाईंको भित्री आत्माबाट आउने प्रवल शक्ति कहाँ छ? तपाईंको दया म प्रति छ? किन मबाट तपाईंको आफ्नो करूणामय प्रेम लुकाउनु हुन्छ?

यर्मिया 23:33

“यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गहुँ बोझ हौ र म तिमीहरूलाई फ्याँक्नेछु।”‘ यो परमप्रभुको सन्देश हो।

रोमी 8:31

यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?

Interlinear

Choose Theme