हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस् मलाई साथ दिनुहोस्। मलाई टाढा नधकेल्नुहोस्! मलाई नत्याग्नु होस् मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।
Cross references
त्यस पछि शमूएलले एउटा विशेष ढुङ्गालाई स्मारकको रूपमा मिस्पा र शेनको गाऊँको बीचमा राखे र “सहायताको चट्टान”नाउँ दिए। शमूएलले भने, “परमप्रभुले यस ठाउँसम्म बाटोभरी नै हामीलाई सहायता गर्नुभयो।”
अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।
हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नु हुन्छ?
असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्। ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।
हे परमप्रभु, मलाई त्यागी नजानुहोस्। हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ? तपाईंले हाम्रो पीर र संकटहरूलाई बिर्सिनु भयो?
मलाई नठेल्नु होस्। अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
तपाईंको दासबाट मुख नफर्काउनु होस्। म संकटमा छु। चाँडो, मलाई सघाउँनु होस्।
आउनु होस् र मेरो प्राण जोगाउनु होस्। मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्।
मेरो परमेश्वर तपाईं मेरो स्वामी, तपाईं मेरो आशा हुनुहुन्छ, म जवान अवस्थादेखि तपाईंमा भरोसा गरेको छु।
हे परमेश्वर, म सानो केटो हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो। अनि आज सम्म मैले मानिसहरूलाई तपाईंले गरेका अदूभूत कार्यहरू बारेमा घोषणा गर्दछु।
हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ, रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्। जब म संकटहरूमा झेलिएको हुन्छु मप्रति ध्यान दिनुहोस्। जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु मलाई झट्टै जवाफ दिनुहोस्।
मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ। मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।
मैले के सही र के राम्रो त्यही गरेकोछु। हे परमप्रभु, मलाई ती मानिसहरूकहाँ नदिनु होस् जसले मलाई आघात पुर्याउन चाहन्छन्।
परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्! मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।
“हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ।
परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरू, तिमीहरूले भन्यौ कि मैले तिमीहरूकी आमा यरूशलेमलाई त्यागिदिए। तर कानून र त्याग-पत्र कहाँ छ जसले उसलाई त्यागेको प्रमाण गर्छ? मेरा नानीहरू, के मैले कसैबाट पैसा ऋण लिएँ? के ऋण चुकाउनलाई मैले तिमीलाई बेचें? अहँ! तिमीहरू बेचियौ किनभने तिमीहरूले पापपूर्ण कामहरू गर्यौ। तिम्रो आमालाई टाढा पठाइयौ किनभने तिमीहरूले नराम्रा कामहरू गर्यौ।
तर तिमीहरूको पापले गर्दा तिमीहरू र परमेश्वर माझ एउटा तगारो छ। परमप्रभुले तिम्रा पापहरू देख्नु हुन्छ अनि अनुहार अर्को तिर फुर्काउनु हुन्छ।
“‘म तिनीहरूसित एक स्थायी करार गर्नेछु। यो करार बमोजिम म तिनीहरूको सधैं भलाई गर्नेछु। तिनीहरूले मलाई आदर गर्ने बनाउनेछु। यसकारण तिनीहरूले मलाई कहिल्यै त्याग्ने छैनन्।
हामीले साँच्चै सोच्यौ आफुमा भन्दा परमेश्वरमा विश्वास गर्नु पर्छ। परमेश्वरले मानिसहरूलाई मृत्युबाट उत्थान गराउनु हुन्छ।
तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहूदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहूदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किएँ।
पैसाको मोहदेखि आफूलाई टाडा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ “म तिमीलाई कहिल्यै छोडदिनँ म तिमीदेखि कहिल्यै भग्दिनँ।”