Home Bibles भजनसंग्रह 68:13 · नेपाली बाइबल
भजनसंग्रह 68:13 · नेपाली बाइबल

तिनीहरूले चाँदीले छोपीएका ढुकुरका पखेंटाहरू पाउने छन्। तिनीहरूले सुनका चमकले टल्किरहेका पखेंटाहरू पाउने छन्।”

Cross references

उत्पत्ति 49:14

“इस्साखार आफ्नो जीन थैलोको बीचमा आराम गर्न ढल्किएको बलियो गधा जस्तो हो।

प्रस्थान 1:14

मिश्रीहरूले इस्राएलीहरूको जीवन कठिन बनाइ दिए। मिश्रीहरूले इस्राएलीहरूलाई ईंटा र त्यसको मसला बनाउँने जस्ता कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन कामहरू गर्न जोर दिए। तिनीहरूले गर्ने प्रत्येक काममा नै इस्राएलीहरूलाई सह्रै कठिन अप्ठयारोमा पारे।

गन्ती 31:27

तब युद्धमा गएका सेनाहरू र अरू बाँकी इस्राएली मानिसहरू माझ भाग लगाऊ।

यहोशू 10:16

तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके।

न्यायकर्ता 5:16

यसर्थ, तिमीहरू किन भेड-शिबिरका अग्निहरूमा अलमली बस्यौ? रूबेनका सेनाहरूले युद्धको बारेमा गहिरो सोच गरे। तर तिनीहरूले आफ्ना भेडहरूका निम्ति बजाएको सङ्गीत सुन्दै छाउनीमा बसे।

न्यायकर्ता 5:19

कनानका राजाहरू युद्ध गर्न आए, तर तिनीहरूले कुनै खजाना घरतिर लगेनन्। तिनीहरू मगिदोका खोलाको छेउमा भएको तनाक शहरमा लडे।

1 राजा 4:20

यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थिये। मानिसहरू सुखी जीवन व्यतीत गर्दैथिएः तिनीहरू खानपीन गर्दथिए अनि खुशी थिए।

2 राजा 7:16

तब मानिसहरू अरामी छाउनी तिर दगुरे र त्यहाँबाट मूल्यवान चीजहरू लगे। प्रत्येकका लागि पर्याप्त चीजहरू थियो। यसकरण परमप्रभुले भन्नुभएको जस्तै घटना भयो। एक जना जुन सुकै मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौंको किन्न सक्ने थियो।

भजनसंग्रह 74:19

ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय ढुकुरलाई लैजान नदिनुहोस्! तपाईंको प्रिय दीन-दुःखी मानिसहरूलाई कहिल्यै नभुल्नुहोस्!

भजनसंग्रह 81:6

परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ। मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिए।

भजनसंग्रह 105:37

त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो। तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए। परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।

भजनसंग्रह 149:4

परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ। परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो। उहाँले तिनीहरूलाई बचाउनु भयो!

यशैया 33:23

परमप्रभुले हामीलाई व्यवस्था गरिदिनु हुन्छ। परमप्रभु नै हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनु हुन्छ। यसैले परमप्रभुले हामीलाई प्रशस्त धन सम्पत्ति दिनु हुन्छ। लङ्गडा मानिसहरूले पनि युद्धमा ठूलो सम्पत्ति जित्नेछ।

इजकिएल 16:6

“त्यसपछि म (परमेश्वर) त्यताबाट गएँ। मैले त्यहाँ तिमीलाई रगतमा लटपटिएको अवस्थामा भेट्टाएँ। तिमी रगतमा लटपटिरहेको थियौ, तर मैले भनें “जीवित होऊ!” हो, तिमी रगतमा लटपटिएको थियौ, अनि मैले भनें, “जीवित हौऊ!”

लूका 15:16

त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सूँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।

लूका 15:22

तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।

1 कोरिन्थी 6:9

मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।

1 कोरिन्थी 12:2

तिमीहरूले विश्वासी बन्न अघि आफूले विगत जीवनको संझना गर। तिमीहरू केही रहस्यमय शक्ति तिर खिचीएर जीवनहीन मूर्ति पूज्न लागेको थियौ।

एफिसी 2:1

बितेका दिनहरूमा आफ्ना पापहरू र परमेश्वर विरोधी कर्महरूले गर्दा तिमीहरूका आत्मिक जीवन मृत थियो।

एफिसी 5:26

मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो।

तीतस 3:3

अघि-अघि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इर्ष्याको जीवन बाँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बाँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गरयौं।

प्रकाश 1:5

अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरुका शासक हुनुहुन्छ।आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।

Interlinear

Choose Theme