म ती जातिहरूलाई इस्राएलका मानिसहरूको जाँच गर्नमा प्रयोग गर्नेछु। म यो हेर्ने छु कि इस्राएलीहरूले तिनीहरूका पिता-पुर्खाहरूले झैं परमप्रभुका आज्ञा पालन गर्छन् कि गर्दैनन्।”
Cross references
ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!”अनि अब्राहामले भने, “हजुर!”
मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो।
अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरूभूमिमा चालीस वर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो।
मरूभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किन? किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो।
त्यस मानिसलाई नसुन किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको परीक्षा लिएको हुनसक्छ। यस्तो हुन सक्छ परमप्रभुलाई तिमीहरूको हृदय तथा प्राणले नै मानिरहेका छौ कि छैनौ जान्न जाँच गरिरहनु भएको होला।
परमप्रभुले ती अन्य जातिहरूका सबै मानिसहरूलाई इस्राएलको भूमि छोडन कर लगाउँनु भएन। परमप्रभु इस्राएलका मानिसहरूको परीक्षा गर्न चाहनुहुन्थ्यो। यससमय जीवित रहेका कुनै पनि इस्राएलका मानिसहरू कनानको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्।
परमप्रभुले ती जातिहरूलाई, इस्राएली मानिसहरूको जाँच गर्नका निम्ति त्यो भूमिमा छोड्नु भएको थियो। उहाँले यो हेर्न चाहनुहुन्थ्यो कि इस्राएलका मानिसहरू परमप्रभुका आज्ञाहरू, जो उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई मोशा मार्फत दिनु भएको आज्ञाहरू पालन गर्छन् कि गर्दैनन् भनेर।
एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अदभूत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परिक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एक्लै छाड्नु भयो।
तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ।
मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।
सुन अनि चादीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाचिन्छ।
कुनैपनि मानिस त्यस समयको निम्ति तयार पर्न सकनेछैन। कुनै पनि मानिस उहाँको बिरूद्ध उभिन सकनेछैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेकोआगो जस्तो हुनुहुनेछ, उहाँ धोवीको साबुन जस्तै हुनुहुन्छ, जसलाई मानिलहरूले लुगा धुने काममा लगाउनेछन्।