त्यस मानिसलाई नसुन किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको परीक्षा लिएको हुनसक्छ। यस्तो हुन सक्छ परमप्रभुलाई तिमीहरूको हृदय तथा प्राणले नै मानिरहेका छौ कि छैनौ जान्न जाँच गरिरहनु भएको होला।
Cross references
तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ।
अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरूभूमिमा चालीस वर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो।
मरूभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किन? किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो।
हे मेरो मालिक राजा म तपाईंको नोकरलाई सुन्नु होस् यदि परमप्रभुले नै तपाईंलाई म माथि रिस उठाउनुभएको हो भने एउटा भेट स्वीकार गरिदिनुहोस्। तर यदि मानिसले तपाईंलाई म माथि रिस उठाउनु भएको हो भने, परमप्रभुले तिमीहरूलाई केही नराम्रो गर्नुहुनेछ। परमप्रभुले दिनुभएको भूमि त्याग्न मलाई मानिसहरूले जबरजस्ती गरे। तिनीहरूले मलाई भने, ‘जाऊ र विदेशीसँग बस र विदेशी देवतालाई पूजागर।’
यसकारण परमेश्वरको जन बूढा अगमवक्ताको घर गए अनि उनी सँगै खान-पीन गरे।
मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।
तिम्रा मानिसहरू संकटमा थिए। तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें। तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ। त्यहीबाट मैले जवाफ दिएँ, मैले तिनीहरूलाई मरीबाकोपानीद्वारा जाँच गरे।”
तिमीले शिक्षा र करार अनुसरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुसरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ।
झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठूला-ठूला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्।
एउटा जहाजमा त्रोआस छाडी हामी समुद्र यात्रा गर्दै सोमोथ्रेसको टापुतिर गयौं। अर्को दिन हामी समुद्र यात्रा गरेर नियापोलिस शहर आई पुग्यौं।
तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ।
मैले दिनु भनेर तिमीहरूलाई आज्ञा गरिरहेको छैनँ। तर तिमीहरूको प्रेम सत्य प्रेम नै रहेछ कि भन्ने हेर्न खोज्दैछु। अरू मानिसहरूर मद्दत गर्न इच्छुक छन् भन्ने देखाउन मात्र म यी कुराहरू गर्छु।
तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटामा तान्न हर प्रकारको चेष्टा गर्छन्।