त्यो साँझ एक वृद्ध मानिस आफ्नो खेतबाट शहरमा आए। उसको घर एप्रैमको पहाडी देशमा थियो। तर अहिले ती गिबा शहरमा बस्दै थिए। (गिबाका मानिसहरू बिन्यामीनका कुल समूहका थिए।)
Cross references
तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”
त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्।एउटा लेवी व्यक्ति थिए जो एप्रैमको पहाडी देशको पछिल्तिर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निम्ति पत्नी तुल्य थिइन्। ती सेविका यहूदा देशको बेतलेहेम शहरकी थिइन्।
यसर्थ ती लेवी मानिस अनि तिनका साथका मानिसहरू यात्रा गर्दै गए। सूर्य अस्ताउँदै थियो अनि तिनीहरू गिबा शहर भित्र पसे। गिबा त्यो इलाकामा छ जो बिन्यामीनका कुल समूहको अधीनमा छ।
तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन् अनि साँझ सम्म काम गरि रहन्छन्।
तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ। तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।
यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ।
यदि कसैले कडा परिश्रम गर्यो भने उसले इच्छा गरेको वस्तु पाउँछ, तर यदि कसैले कुरा मात्र गरिरहन्छ भने तब त्यो गरीब हुँदै जान्छ।
पहिले बाहिरी काम गर। खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।
मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझे, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ।
जसले सारा दिन कडा मेहनत गर्छ, ऊ घर गएर चैन साथ सुत्न सक्छ। उसलाई खान कम छ कि धेरै छ केही खाँचो पर्दैन। तर धनी मानिस आफ्नो धनको चिन्तामा नै डुबिरहन्छ र सुत्नसम्म पनि सक्दैन्।
यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ।
शातिपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं।
हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।”