Home Bibles ☰ Books न्यायकर्ता 19:15 · नेपाली बाइबल
न्यायकर्ता 19:15 · नेपाली बाइबल

यसर्थ तिनीहरू गिबामा बास बसे। तिनीहरूले त्यो शहरमा रात बिताउने योजना गरे। तिनीहरू त्यो शहरको चोकमा आए र बसे। तर कसैले पनि तिनीहरूलाई त्यो रात बस्न आफ्ना घरमा बोलाएनन्।

Cross references

उत्पत्ति 18:2

अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरूषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे।

उत्पत्ति 19:2

तिनले भने, “महाशय, कृपा गरी तपाईंहरूको दासको घरमा गई हात पाऊ धोई रात त्यही बिताउनु होस् र बिहान चाँडै उठी आफ्नो स्थानको लागि बाटोतर्फ प्रस्थान गर्नु होस्।”ती स्वर्गदूतहरूले भने, “अहँ हामी बाटोमै रात बिताउनेछौं।”

न्यायकर्ता 19:18

त्यो लेवी मानिसले उत्तर दियो, “हामी यहूदाको बेतलेहेम शहरबाट यात्रा गर्दै आएका हौं। हामी घर गइरहेका छौं। म एप्रैमको पहाडी देश पारि निकै परको हुँ। म यहूदाको बेतलेहेममा आएको छु। र अहिले घर फर्कदैछु। र कसैले पनि हामीलाई रात बिताउने ठाउँ दिएनन्।

न्यायकर्ता 20:4

यसर्थ त्यो हत्या गरिएकी स्त्रीका पतिले तिनीहरूलाई त्यो घटना भने। तिनले भने, “मेरी स्त्री सेविका र म बिन्यामीनको इलाकामा गिबा शहरमा आयौं। हामीले त्यहाँ रात बितायौं।

मत्ती 25:35

यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ।

मत्ती 25:43

म घरदेखि एक्लै र टाढोमा थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा बोलाएनौ। म नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई पहिरिनलाई वस्त्रहरू दिएनौ। म रोगी थिएँ, अनि कैदमा थिएँ, तिमीहरूले मेरो परवाह नै गरेनौं।’

हिब्रू 13:2

मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे।

Interlinear

Choose Theme