तर यिप्तहले गिलाद देशका ती बूढा-प्रधानहरूलाई भने, “तिमीहरूले मलाई मेरा पिताको घर छाड्न वाध्य तुल्यायौ। तिमीहरूले मलाई घृणा गर्छौ। यसर्थ अहिले तिमीहरूलाई विपद परेको बेला मकहाँ किन आएका?”
Cross references
इसहाकले सोध्यो, “तिमी मलाई भेट्न किन आयौ? तिमी त मसित मैत्री सम्बन्ध राख्दैन थियौ। तिमीले मलाई आफ्नो देश त्याग्नु पनि बाध्य गराएको थियौ।”
बरू हामीहरूले त्यसलाई ती व्यापारीहरूलाई बेच्दा लाभ हुन्छ। हामीले आफ्नो भाइलाई मारेकोमा दोषी पनि हुँदैनौ।” अरू दाज्यू-भाइहरू सहमत भए।
यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ।
असल मित्रले सधैं माया गरिरहेको हुन्छ। त्यसरी नै साँचो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।
विगतमा जुन मानिसहरूले तिमीहरूलाई चोट पुर्याए ती मानिसहरू तिम्रो समक्ष झुक्ने छन्। विगतमा, जो मानिसहरूले तिमीहरूलाई घृणा गरे ती मानिसहरू तिम्रा खुट्टामा निउरिनेछन्। ती मानिसहरूले तिमीलाई ‘परमप्रभुका शहर’ इस्राएलको परम पवित्र ‘सियोन भन्ने छन्।”‘
“त्यसपछि ती पिताहरू यूसुफसंग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसंग परमेश्वर हुनुहुन्थ्यो।
सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरु दावी गर्छन् कि तिनीहरु यहूदीहरु हुन् तर झूटो हो। तिनीहरु साँचो यहूदीहरु होइनन्। म तिनीहरुलाई तिमीहरु समक्ष आउन अनि तिमीहरुको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरुले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरु तिमीहरु नै हौ।