Home Bibles उत्पत्ति 37:27 · नेपाली बाइबल
उत्पत्ति 37:27 · नेपाली बाइबल

बरू हामीहरूले त्यसलाई ती व्यापारीहरूलाई बेच्दा लाभ हुन्छ। हामीले आफ्नो भाइलाई मारेकोमा दोषी पनि हुँदैनौ।” अरू दाज्यू-भाइहरू सहमत भए।

Cross references

उत्पत्ति 29:14

त्यसपछि लाबानले भने, “यो आश्चर्य हो! तिमी हाम्रो आफ्नै परिवारको रहेछौ।” यसकारण याकूब त्यहाँ एक महिना बस्यो।

उत्पत्ति 37:22

हामी त्यसलाई चोट नलगाई कूवामा हाल्न सक्छौं।” रूबेन उसलाई बचाउन अनि बाबु भएको ठाउँमा फिर्ता पठाउन चाहन्थ्यो।

उत्पत्ति 42:21

“तिनीहरूले एकार्कामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले दण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाऊको निम्ति हामीसित प्रार्थना गर्यो तर हामीले उसको प्रार्थना अस्वीकार गर्यौ। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।”

प्रस्थान 21:16

“यदि कुनै मानिसले कसैलाई कमारा बनाई बेच्न अथवा आफ्नै कमारा बनाउन चोरी गर्छ भने त्यस मानिसलाई मार्नै पर्छ।

प्रस्थान 21:21

तर यदि कमारा-कमारी मरेन अनि एकदुइ दिनमा राम्रो भई हाल्यो भने हिर्काउने मानिसलाई सजाय हुँदैन। किन? किनभने कमारा-कमारीको निम्ति उसले दाम तिरेको छ र कमारा कमारी उसका सम्पत्ति हुन्।

1 शमूएल 18:17

तर शाऊलले दाऊदलाई मार्नै चाहन्थे, शाऊलले दाऊदलाई एउटा जालमा पार्ने योजना सोचे। शाऊलले दाऊदलाई भने, “म मेरी जेठी छोरी मेराबको विवाह तिमीसित गरिदिने छु। त्यस पछि तिमी एउटा शक्तिशाली सैनिक हुनेछौ। तिमी मेरो छोरा जस्तै छौ। त्यस पछि तिमीले परमप्रभुको युद्धहरूमा सैनिक भएर लडने छौ।” यो खालि धुर्त्याइँ मात्र थियो। शाऊलले साँच्चै सोच्दै थिए, “अब मैले दाऊदलाई मार्नु पर्दैन। म उसलाई मेरो निम्ति पलिश्तीहरूलाई मार्न लगाउँछु।”

2 शमूएल 11:14

अर्को बिहान दाऊदले योआबलाई पत्र लेखे। दाऊदले उरियाहलाई नै पत्र थमाए।

2 शमूएल 12:9

यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो?

नहेम्याह 5:8

मैले तिनीहरूलाई भनें, ‘हामीले सकेसम्म हाम्रा यहूदी दाज्यू-भाइहरू जो अन्य जातिहरूकहाँ दास झैं बेचिएका थिए फर्काएर ल्याका छौं। तर अहिले तिमीहरूले तिमीहरूका दाज्यू-भाइहरूलाई दासहरू जस्तै बेचिएका छौं। फेरि स्वतन्त्र बनाउन तिनीहरूलाई हामीले किन्नु पर्छ। तिनीहरूले जावाफ दिन एउटा शब्द पनि पाएनन्।

मत्ती 16:26

यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिनसक्छ?

मत्ती 26:15

यहूदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सुम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए।

1 तिमोथी 1:10

जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँचो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन।

प्रकाश 18:13

ती व्यापारीहरु दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेंको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेंडा, घोडा, रथ, कमारा अनि कमारीहरु मानवआत्माहरु पनि बेच्छन्। तिनीहरु विलाप गर्नेछन् अनि भन्नेछन्

Interlinear

Choose Theme