म शरीरमा तिमीहरूसित छैन तर आत्मामा म तिमीहरूसितै छु। अनि मैले त्यस मानिसलाई अधिबाटै न्याय गरिसकेको छु जसले यो यौन पाप गरेको छ। म आफू उसित भएकै जस्तो मैले उसलाई न्याय गरी सकेकोछु।
Cross references
म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिञ्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी बन्छु।
हामी आफैलाई त्यस्ता मानिसहरूको स्तरमा राख्ने आँट गर्दैनौं जो आफूलाई खुबै महत्वपूर्ण संझन्छन्।
जब म तिमीहरूसित दोस्रो पल्ट थिएँ, जसले पापहरू गरेका थिए तिनीहरूलाई मैले चेताउनी दिएको थिएँ। अहिले म तिमीहरूदेखि टाडा छु, तिनीहरूलाई र अरू रहेकाहरूलाई म चेतावनी दिन्छु। जब म फेरि तिमीहरूकहाँ आउँछु तिमीहरूको पापको लागि म दण्ड दिनेछु।
म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शूरू गरेको र ख्रीष्टमा दरिलो विश्वास राखेको देखेर म आनन्दित छु।
हे दाज्यू-भाइहरू र दिदी-बहिनीहरू! छोटो समयको लागि हामी तिमीहरूबाट छुट्टिएका थियौं। हामी शारीरिक रूपमा तिमीहरू सित छैनौ तर हाम्रो सोचाइमा तिमीहरूसितै छौं। तिमीहरूलाई भेट्न हामी खुबै उत्सुक थियौं र हामीले भेट गर्नु कड चेष्टा पनि गर्यौ।