Home Bibles ☰ Books यहोशू 8:27 · नेपाली बाइबल
यहोशू 8:27 · नेपाली बाइबल

इस्राएलका मानिसहरूले शहरका पशु-प्राणीहरू अनि अन्य चीज बीजहरू आफ्नै निम्ति राखे। परमप्रभुले यहोशूलाई भन्नुभएको थियो कि मानिसहरूले यसो गर्न सक्छन्।

Cross references

गन्ती 31:22

सुन, चाँदी, काँसो, फलाम, जस्ता र सीसा चीजहरू

गन्ती 31:26

“पूजाहारी एलाजार सारा समुदायका प्रधानहरू र तिमीले सबै कैदीहरू, पशुहरू र सेनाहरूले युद्धबाट ल्याएका सबै चीजहरू गन।

व्यवस्था 3:7

तर हामीले आफ्नो लागि त्यहाँ भएका बहुमूल्य वस्तुहरू र गाई-गोरूहरू भने सुरक्षित राख्यौं।

यहोशू 8:2

यो समयमा मात्र तिमीहरू सबै सम्पत्ति र पशुहरू लिन सक्छौ र तिमीहरू आफ्नै लागि राख्न सक्छौ। अब, तेरा केही सैनिकहरूलाई शहर पछाडि लुक्नु भन्।”

यहोशू 11:4

यसकारण यी सबै राजाहरूका सेनाहरू साथ आए। त्यहाँ अनेक योद्धाहरू, अनि अनेक घोडा एवं रथहरू थिए। यो एक अत्यन्त विशाल सेना खचाखच देखिन्थ्यो कि त्यहाँ समुद्रको किनारमा भएका बालुवाका कणहरू जस्तै अनेक मानिसहरू थिए।

भजनसंग्रह 50:10

मलाई ती पशुहरूको आवश्यकता छैन। मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्। हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।

मत्ती 20:15

के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसंग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईष्या लग्यो?’

Interlinear

Choose Theme