Home Bibles यहोशू 6:4 · नेपाली बाइबल
यहोशू 6:4 · नेपाली बाइबल

पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेडाको सींगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातैं दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातैं दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन।

Cross references

उत्पत्ति 2:3

परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।

उत्पत्ति 7:2

सात जोडी, सातवटा भाले र सातवटा पोथी शुद्ध पशुहरु र एक जोडी एउटा भाले र एउटा पोथी अशुद्ध पशु।

लेवी 4:6

त्यसपछि पूजाहारीले आफ्नो ओंला रगतमा चोबोस् र अति-पवित्रस्थानको पर्दाअघि परमप्रभुको सामुन्ने रगत सात पल्ट छर्कोस्।

लेवी 14:16

त्यसपछि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा दाहिने हातको औंला डुबाएर परमप्रभुअघि सात पल्ट छर्किऊन्।

लेवी 25:8

“तिमीहरूले सात वर्ष सात पल्ट गन्नु जसको प्रतिफल 49 वर्ष निस्कन्छ। त्यस समयको अवघिमा त्यहाँ भूमिलाई सात वर्षको निम्ति विश्राम हुनेछ।

गन्ती 10:1

परमप्रभुले मोशालाई भन्नुभयोः

गन्ती 10:8

हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।

गन्ती 10:10

तिमीहरूको र्हषको दिन, तिमीहरूको औंसीका चाडहरूका दिन तिमीहरूले होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनु पर्छ। परमप्रभुको स्मरण गर्नु तिमीहरूको निम्ति यो एउटा विशेष तरिका हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

गन्ती 23:1

बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेडा मेरो निम्ति तयार पार।”

न्यायकर्ता 7:7

परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”

न्यायकर्ता 7:15

सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदोनले परमेश्वर प्रति शिर झुकाए। त्यसपछि गिदोन इस्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदोनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिद्यानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।”

1 राजा 18:43

तब एलियाले आफ्नो सेवकलाई भने, “समुद्रतिर हेर।”सेवक त्यस ठाउँमा गयो जहाँबाट ऊ समुद्र हेर्न सक्थ्यो। तब सेवक फर्कियो अनि भन्यो, “मैले केही देखिन।” एलियाले उसलाई फेरि जानु र हेर्नु भने। यस्तो सात पटक भयो।

2 राजा 5:10

एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”

2 राजा 5:14

यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।

2 इतिहास 13:12

परमेश्वर स्वयं हाम्रो साथ हुनु हुन्छ। उहाँ हाम्रा शासक हुनु हुन्छ अनि उहाँका पूजाहारीहरू हामीसित छन्। परमेश्वरका पूजाहारीहरूले तिमीहरूलाई व्यूँझाउन् अनि तिमीहरूलाई उहाँको आगमनमा उत्तेजित तुल्याउनका निम्ति आफ्ना तुरही बजाउँछन्। इस्राएलका मानिसहरू हो, तिम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको विरूद्ध नलड। तिमीहरू सफल हुने छैनौं।”

2 इतिहास 20:17

यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।”‘

2 इतिहास 20:19

कहात परिवार समूहका अनि कोरह परिवार समूहका लेवीहरू इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नका निम्ति उभिए। परमप्रभुको स्तुति गर्दा तिनीहरूको आवाज एकदमै चर्को थियो।

2 इतिहास 20:21

यहोशापातले मानिसहरूलाई उत्साहित तुल्याए अनि निर्देशन दिए। त्यसपछि तिनले परमप्रभुका निम्ति गायकहरू चुने। ती गायकहरूलाई परमप्रभु प्रति स्तुति अर्पण गर्नलाई चुनिएका थिए किनभने उहाँ पवित्र आश्चर्यजनक हुनुहुन्छ। तिनीहरू सेनाका अघि हिंडे अनि परमप्रभुको स्तुति गरे। तिनीहरूले गीत गाए, “परमप्रभुको स्तुति गरे, किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।”

अय्यूब 42:8

यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।”

यशैया 27:13

मेरा धेरै मनिसहरू अश्शूरमा हराएका छन्। कतिपय मेरा मानिसहरू मिश्रबाट भागेका छन्। तर त्यही बेला, महान तुरही फुकिने छ। अनि ती सारा मानिसहरू यरूशलेममा फर्किने छ। ती मानिसहरूले त्यो पवित्र पर्वतमा आएर परमप्रभुको सामु घुँडा टेकेर झुक्ने छन्।

जकरिया 4:2

तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?” मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरु निकिलदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो दिशा तेल हरेक दियोको प्याला सम्म जाँदै छन्।

जकरिया 4:6

तब उनले मलाई भने, “यो समचार परमप्रभुबाट यरुबाबेललाई दिनुभएको हो, तिम्रो सहाएता अनि तिम्रो बल अनि शक्तिबाट आउँदैन तर सहायता मेरो आत्माबाट आउँनेछ।” सर्वशक्तिमान परमप्रभुले भन्नुभयो।

प्रकाश 1:4

यहून्नाबाट, एशिया प्रान्तका सातवटा मण्डलीहरुलाईअनुग्रह अनि शान्ति रहोस् तिमीहरुलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिहाँसन अघिका सात आत्माहरुद्वारा

प्रकाश 1:20

तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरु अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरुको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरु सातवटा मण्डलीहरु हुन्। ती सातवटा ताराहरु सातवटा मण्डलीका स्वर्गदूतहरु हुन्।

प्रकाश 5:1

तब मैले जो सिंहासनमा विराजमान हुनु हुन्थ्यो उहाँको दाहिने हातमा एक मूठा बेह्रेको चर्म पत्र देखें। त्यो बेह्रेको पत्रको दुवै पट्टि केही लेखिएको थियो। त्यो बेह्रिएको पत्र सातवटा मोहरले बन्द गरिएको थियो।

प्रकाश 5:6

तब मैले ती चार सजीव वस्तुहरु अग्रजहरुले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेडाको पाठा उभिरहेको देखें। त्यो भेंडाको पाठा मारिएको थुमा जस्तो देखिनथ्यो। त्यसका सातवटा सिङ्ग अनि सातवटा आँखहरु थिए, यी परमेश्वरका सात-आत्माहरु हुन् जो संम्पूर्ण संसारमा पठाइएका थिए।

प्रकाश 8:2

अनि मैले देखें सात स्वर्गदूतहरुलाई जो परमेश्वरको सामुन्ने उभिएका थिए। तिनीहरुलाई सातवटा तुरही दिइयो।

प्रकाश 8:6

तब सात तुरही साहितका ती सात-स्वर्गदूतहरु आफ्ना तुरहीहरु बजाउन तयार भए।

प्रकाश 10:3

त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो। स्वर्गदूत कराए पछि, सात-गर्जनले पनि बोल्यो।

प्रकाश 15:1

तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरु थिए। ती अन्तिम विपत्तीहरु थिए। किनभने यी विपत्तीहरु पछि परमेश्वरको क्रोध समाप्त हुनेछ।

प्रकाश 15:7

तब चार मध्ये एक सजीव वस्तुले ती सात स्वर्गदूतहरुलाई सातवटा सुनौला कचौरा दिए। ती कचौराहरु सदा-सर्वदा जीवित रहनु हुने परमेश्वरको क्रोधले भरिएको थियो जो सदा सर्वदा बस्नेछन्।

प्रकाश 16:1

तब मैले मन्दिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरु पृथ्वीमा खन्याइदेऊ।”

Interlinear

Choose Theme