सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदोनले परमेश्वर प्रति शिर झुकाए। त्यसपछि गिदोन इस्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदोनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिद्यानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।”
Cross references
त्यो नोकर निहुरियो अनि परमप्रभुको उपासना गर्यो।
मैले मेरो शिर झुकयाएर परमप्रभुलाई धन्यवाद चढाएँ, मैले परमप्रभु मेरा मालिकका परमेशवरलाई धन्यवाद दिएँ। मलाई सोझै मेरा मालिकको भाइकी नातिनीकोमा पुर्याइदिनु भएकोमा मैले परमप्रभुलाई धन्यवाद दिएँ।
ती दुइजना मानिसहरूले उत्तर दिए, “हामीले राती सपना देख्यौं तर के सपना देख्यौं बुझ्न सकेनौं। त्यो सपनाको अर्थ हामीलाई बुझाउने अथवा व्याख्या गर्ने मानिस यहाँ कोही पनि छैन।”यूसुफले तिनीहरूलाई भने, “परमेश्वर नै एकजना हुनुहुन्छ जसले सपना बुझाउनु अथवा व्याख्या गर्न सक्नु हुन्छ। यसर्थ म बिन्ती गर्छु मलाई तिमीहरूको सपना बताऊ।”
त्यसपछि एक रात उनले र मैले सपना देख्यौं। प्रत्येक सपनाको भिन्दा भिन्दै अर्थ थियो।
त्यसपछि हारूनले मानिसहरूसंग कुरा गरे। उनले परमप्रभुले मोशालाई भनेका सबै कुराहरू तिनीहरूलाई बताईदिए। त्यसपछि मानिसहरूलाई देखाउनाको निम्ति सबै प्रमाणहरू प्रदर्शन गरे।
एहूदले इस्राएलका मानिसहरूलाई भने, “मेरो अनुसरण गर! परमप्रभुले हाम्रा शत्रुहरू, मोआबका मानिसहरूलाई पराजित गर्नमा हामीलाई सहयोग गर्नु भयो।”यसर्थ इस्राएलका मानिसहरूले एहूदको अनुसरण गरे। तिनीहरू त्यो भूमिलाई अधिकारमा लिन एहूदसित सजिलैसित तल यर्दन नदी पार गरेर मोआबको भूमिमा पुगे।
तब दबोराले बाराकलाई भनिन्, “आज परमप्रभुले सीसरालाई पराजित गर्न तिमीहरूलाई सहायता प्रदान गर्नुहुनेछ। तिमीहरू निश्चयनै त्यो जान्दछौ कि परमप्रभुले तिमीहरूलाई युद्ध गर्नको निम्ति डोर्याउनु हुनेछ।” यसकारण बाराकले 10,000 मानिसहरूलाई ताबोर पर्वतबाट तल झारे।
अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दैछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ।”तब हन्नाले बालकलाई त्यही छोडीदिइन् अनि परमप्रभुको आराधना गरिन्।हन्नाले धन्यवाद दिन्छिन्
किल्लाको रक्षक पलिश्तीहरूले जोनाथन र तिनका सहायकलाई कराएर भने, “यहाँ आऊ, तिमीहरूलाई हामी पाठ सिकाउँने छौं।”जोनाथनले आफ्नो सहयोगीलाई भन्यो, “पहाड चढ्दा मेरो पछि आउनु, परमेश्वरले यसरी मिलाउनु भएको छ कि इस्राएलीहरूले पलिश्तीहरूलाई हराउने छ।”
यहोशापात तल निहुरिए। तिनको शिरले भूई छोयो। अनि यहूदाका सबै मानिसहरू र यरूशलेममा बस्ने मानिसहरू परमप्रभुको सामुन्ने झुके। अनि तिनीहरू सबैले परमप्रभुको उपासना गरे।
हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बिलयो दुर्ग समेत नाश पार्न सक्छ। हामी मानिसहरूका र्तकहरू नाश गर्छौं।