यहोशू 3:12 · नेपाली बाइबल
अब, बाह्रजना मानिसहरू छान। इस्राएलको बाह्र कुल समुहबाट एक मानिस छान।
Cross references
गन्ती 13:2
“केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।”
यहोशू 4:2
“प्रत्येक कुल समूहबाट एक-एकजना गरी बाह्र जना मानिसहरू छान।
यहोशू 4:4
यसकारण यहोशूले प्रत्येक कुल समूहबाट एक एकजना मानिसलाई चुने। तब तिनले ती बाह्र-मानिसहरूलाई साथमा बोलाए।
यहोशू 4:9
यहोशूले बाह्रवटा ढुङ्गाहरू यर्दन नदीका माझमा राखे। उसले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ परमप्रभुको पवित्र सन्दूक बोक्दा पूजाहारीहरू उभिएका थिए। त्यस स्थानमा ती ढुङ्गाहरू आजसम्म पनि छन्।