Home Bibles यहोशू 22:8 · नेपाली बाइबल
यहोशू 22:8 · नेपाली बाइबल

तिनले भने, “तिमीहरू अत्यन्त धनी भएका छौ। तिमीहरूसित अनेक पशुहरू छन्। तिमीहरूका धेरै सुन अनि चाँदी अनि बहुमूल्य मणिहरू छन्। तिमीहरूसित धेरै सुन्दर बस्त्रहरूछन्। तिमीहरूले तिम्रा शत्रुहरूबाट अनेक वस्तुहरू लग्यौ। तिमीहरू घरजाऊ अनि ती वस्तु तिमीहरू माझ विभाजन गर।”

Cross references

गन्ती 31:27

तब युद्धमा गएका सेनाहरू र अरू बाँकी इस्राएली मानिसहरू माझ भाग लगाऊ।

व्यवस्था 8:9

त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने पत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ।

व्यवस्था 8:17

यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’

1 शमूएल 30:16

त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुइँमा पल्टिरहेका थिए। तिनीहरूले पलिश्ती र यहूदाका क्षेत्रबाट जे-जे लूटेका थिए त्यहीसँग रमाइलो मनाइरहेका थिए।

1 शमूएल 30:24

तिमीले जे भन्छौ त्यसमा कसैले ध्यान दिनेछैन। जो लडाईंको मैदानमा जान्छन् र जो यहाँ बसेर माल-समानको रक्षा गर्नेले तिनीहरूको लागि बराबर भागबण्डा हुनेछ। सबैले बराबर भाग बण्डा पाउने छन्।”

2 इतिहास 17:5

परमप्रभुले यहोशापातलाई यहूदाका शक्तिशाली राजा बनाउनु भयो। यहूदाका सबै मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याउँथे। यसर्थ यहोशापातसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो।

2 इतिहास 32:27

हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए।

भजनसंग्रह 68:12

“शक्तिशाली राजाहरूका सिपाहीहरू भागेर गए! नारीहरूले लुटका सामान घर-घरमा भाग गरेर राखेकी छन् जुन सिपाहीहरूले युद्धबाट ल्याएका थिए। ती मानिसहरू जो घरमा बसेका छन् तिनीहरूले सम्पत्ति बाँडने छन्।

हितोपदेश 3:16

ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ।

1 कोरिन्थी 15:58

यसैकारण मेरा प्रिय दाज्यू-भाई दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सँधै आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।

हिब्रू 11:26

मोशाले मिश्रदेशको भण्डार भन्दा ख्रीष्टको लागि भोगेको दुख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार र्पखिरहेथे।

Interlinear

Choose Theme