त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने पत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ।
Cross references
तिम्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्। तिमी जीवनभरि शक्तिशाली रहनेछौ।”
तिनले भने, “तिमीहरू अत्यन्त धनी भएका छौ। तिमीहरूसित अनेक पशुहरू छन्। तिमीहरूका धेरै सुन अनि चाँदी अनि बहुमूल्य मणिहरू छन्। तिमीहरूसित धेरै सुन्दर बस्त्रहरूछन्। तिमीहरूले तिम्रा शत्रुहरूबाट अनेक वस्तुहरू लग्यौ। तिमीहरू घरजाऊ अनि ती वस्तु तिमीहरू माझ विभाजन गर।”
जब तिमीहरू त्यो स्थानमा आउँछौ त्यहाँ प्रशस्त भूमि तिमीहरूले देख्नेछौ। त्यहाँका मानिसहरूले कुनै आक्रमणको अपेक्षा नगरेको तिमीहरूले देख्नेछौ। निश्चयनै परमेश्वरले त्यो भूमि हामीलाई दिनु भएको छ।”
दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोख्न पनि नसकिने मात्रामा प्रचुर काँसा ल्याए।
“सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडासुन दिएको छु। अनि लगभग दश लाख तोडाचाँदी दिएको छु। मैले यतिबिघ्न काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिंदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैंले त्यस माथि थप्न सक्छस्।
मानिसहरूले जमीन खनेर फलाम निकाल्छन ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्।