Home Bibles यहोशू 22:2 · नेपाली बाइबल
यहोशू 22:2 · नेपाली बाइबल

“परमप्रभुका दाश मोशाले तिमीहरूलाई दिएका ती सबै आदेश पालन गरे अनि तिनीहरूले मेरो सबै आदेशहरू पनि पालन गर्यौ।

Cross references

गन्ती 32:20

तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौ भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जानै पर्छ।

व्यवस्था 3:16

रूबेनी र गादका कुल समूहहरूलाई मैले गिलाद सीमानाबाट शुरू भएको भूमि दिएँ। यो भूमि अर्नोन बेंसीबाट यब्बोक नदीसम्म फिंजिएको छ। यब्बोक नदी अम्मोनी मानिसहरूको सिमाना पर्छ र बेंसीको मध्यभाग एकापट्टिको सिमाना हो।

व्यवस्था 3:18

“त्यस समयमा मैले ती परिवार समूहलाई यो आज्ञा दिएँ, ‘परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको यतापट्टि बस्नलाई भूमि दिनु भएको छ। तर अहिले तिमीहरूका सेनाहरूले हतियार लिनुपर्छ र अरू इस्राएलीहरूलाई नदीको अर्कोपटिसम्म लिएर जाँदै गर्नु पर्छ।

व्यवस्था 3:20

तर परमप्रभुले यर्दन नदीको अर्कोपट्टि दिनु भएको भूमि इस्राएलीहरूका आफन्तहरूले नपाएसम्म तिमीहरूलाई सहायता गर्नु पर्छ। तिमीहरूलाई परमप्रभुले शान्ति दिए झैं तिनीहरूले शान्ति नपाउञ्ञेल तिनीहरूलाई सहायता गर, तब मैले दिएको भूमिमा तिमीहरू फर्केर आउन सक्छौ।’

यहोशू 1:12

तब यहोशू रूबेन, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहसित बात गरे, यहोशूले भने,

यहोशू 1:13

“याद गर परमप्रभुका दास मोशाले तिमीहरूलाई के भनेका थिए। उनले तिमीलाई भनेका थिए, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा विश्राम गर्ने भूमि दिनुभएको छ, परमप्रभुले यो भूमि तिमीहरूलाई दिनुभएको हो।

Interlinear

Choose Theme