“याद गर परमप्रभुका दास मोशाले तिमीहरूलाई के भनेका थिए। उनले तिमीलाई भनेका थिए, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा विश्राम गर्ने भूमि दिनुभएको छ, परमप्रभुले यो भूमि तिमीहरूलाई दिनुभएको हो।
Cross references
तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौ भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जानै पर्छ।
तिमीहरूका सेनाहरूले यर्दन नदी पार गरी शत्रुहरूलाई बलपूर्वक त्यो भूमिबाट निकाल्नु नै पर्छ।
तब मोशा, पूजाहारी एलाजारले आज्ञा दिए, नूनको छोरो यहोशू अनि इस्राएली मानिसहरूका प्रधानहरूले तिनीहरूलाई आदर गर्नेछ।
“त्यस समयमा मैले ती परिवार समूहलाई यो आज्ञा दिएँ, ‘परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको यतापट्टि बस्नलाई भूमि दिनु भएको छ। तर अहिले तिमीहरूका सेनाहरूले हतियार लिनुपर्छ र अरू इस्राएलीहरूलाई नदीको अर्कोपटिसम्म लिएर जाँदै गर्नु पर्छ।
त्यसपछि यहोशूले रूबेन, गाद अनि मनश्शे कुल समूहहरूका सबै मानिसहरूलाई सभामा बोलाए।
“परमप्रभुका दाश मोशाले तिमीहरूलाई दिएका ती सबै आदेश पालन गरे अनि तिनीहरूले मेरो सबै आदेशहरू पनि पालन गर्यौ।